सार्वजनिक हुँदै यामाहा क्रुजर मोटरसाइकल बोल्ट

यामाहाले नयाँ क्रुजर मोटरसाइकल बोल्टको अन्तर्राष्ट्रिय बजारमा आर्को महिनाबाट बिक्री सुरु गर्ने जानकारी दिएको छ । कम्पनीले भि–ट्वीन इन्जिनमा ल्याएको बबर मोटरसाइकल अहिले चर्चाको शिखरमा रहेको छ । जापानबाट बिक्री सुरु भएको यस मोटरसाइकलको मूल्य करिब १० लाख रुपैयाँ रहेको छ । 

यामाहाले यसमा ९४१ सीसी भि ट्वीन, एयर कुल्ड, एसओएचसी, ४ भल्भ इन्जिन दिएको छ । उक्त इन्जिनले ५५०० आरपीएममा अधिकतम ५४ पीएस पावर र ३००० आरपीएममा ८० एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।

सानो डिजिटल इन्ट्रुमेन्ट कन्सोल रहेको मोटसाइकलमा कम्पनीले यसमा रेट्रो स्टाइल सिंगल पिस एलइडी हेडल्याम्प दिएको छ । साथै, यसमा १३ लिटर क्षमताको इन्धन ट्याङ्की रहेको छ । यस मोटरसाइकलमा ६९० एमएमको सिट हाइट रहेको छ ।

नयाँ यामाहा बोल्टलाई दुई भेरियन्टमा बजारमा ल्याउने कम्पनीले जनाएको छ । जसमा बोल्ट स्टायडर्ड र बोल्ट आर रहेका छन् । स्टायडर्ड भेरियन्टमा स्पोक ह्वील रहेको छ भने आर भेरियन्टमा अलोय ह्वील रहेको छ । दुबै भेरियन्टमा डबल च्यानल एबीएस उपलब्ध रहेको छ ।


Share Page

0 Comments

Write a comment

menu
menu