नयाँ फिचर सहित फक्सवागन निभस सार्वजनिक

फक्सवागनले ब्राजिलमा निभस कुपे एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले सो कार २ भेरिएन्ट कन्फर्टलाइन २०० टीएसआई र हाइलाइन २०० टीएसआईमा पेश गरेको छ । सो एसयूभीमा ब्लयाकन्ड रुफ र ओआरभीएमएस, १७ इन्च डार्क अलोय ह्वील र २ रङ सनसेट रेड तथा मुनस्टोन ग्रेमा उपलब्ध रहेको छ । नयाँ निभस कुपे एसयूभी एमक्युबी एओ प्लेटफर्ममा आधारित रहेको छ ।

सो एसयूभीमा बोल्ड ग्रिल, रिस्टाइल एलईडी हेडल्याम्प, इन्टिग्रेटेड डीआरएलएस, नयाँ भर्टिकल्ली स्टेक्ड फगल्याम्प, ब्लयाक्ड आउट ग्रिल र बम्पर समावेश छ । सो एसयूभीको टप इन्ड मोडलमा १७ इन्च ह्वील समावेश छ । फक्सवागन निभसको लम्बाई ४२६६ एमएम, चौडाई १७५७ एमएम, उचाई १४९३ एमएम, ह्वीलबेस २५६६ एमएम रहेको छ । फक्सवागनको नयाँ एसयूभी मुनस्टोन ग्रे, साइरस सिल्भर, क्रिस्टल ह्वाइट, प्लाटिनम ग्रे र सनसेट रेड गरी ६ रङमा उपलब्ध रहेको छ ।

सो कारमा १० इन्च इन्फोटेनमेन्ट सिस्टम समावेश गरेको छ जसले एन्ड्रोयड अटो र एपल कारप्ले सपोर्ट गर्छ । साथै १० जीबीको इन्टरनल मेमोरी पनि रहेको छ । सो कारमा रिभर्स क्यामेरा, १०.२५ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, ६ एयरब्याग, ट्रयाक्सन र स्टेबिलिटी कन्ट्रोल, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक एसी, अटोनोमस ब्रेकिङ, अल डिस्क ब्रेक, फेटिक डिटेक्टर, एलईडी फग ल्याम्प, बीट्स प्रिमियम साउन्ड सिस्टमको साथमा सबवुफर जस्ता फिचर रहेको छ ।

नयाँ कुपे एसयूभीमा १.० लिटरको टर्बाेचाज्र्ड पेट्रोल इन्जिन समावेश गरेको छ जसले १२८ बीएचपीको पावर र २०० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स समावेश छ । सो कारको १८९ किलोमिटर प्रति घन्टाको स्पिड रहेको छ । साथै १० सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिडमा गुड्छ ।

Share Page

0 Comments

Write a comment

menu
menu