Home / Blogs / नेपालमा बनेको यात्री ‘P-0’ वैशाख १० बाट बिक्री प्रारम्भ
  • Upcoming Bikes
  • 0

नेपालमा बनेको यात्री ‘P-0’ वैशाख १० बाट बिक्री प्रारम्भ

Nepal Auto Trader

Share this News

image

नेपाली युवाहरुले नेपालमा नै डेभलप गरेको  इलेक्ट्रिक मोटरसाइकल ‘पी-०’ आगामी अप्रिल २३ अर्थात बैशाख १० मा नेपाली बजारमा सार्वजनिक हुने भएको छ । यात्री मोटरसाइकलको आधिकारिक पेजमा यस सम्बन्धी जानकारी सार्वजनिक गरिएको छ । सो मोटरसाइकलको कन्सेप्ट भर्सन भने २०१९ मा सार्वजनिक गरिएको थियो ।कम्पनीले यात्री ‘P-0’ को पहिले प्रोडक्सन भर्सन सार्वजनिक गरिने र त्यसपछि थोरै डाउन पेमेन्टमा यसको अर्डर समेत गर्न सकिने जनाएको छ ।


इलेक्ट्रीक मोटरसाइकल यात्री ‘प्-०’ ले ६४ पीएस पावर प्रदान गर्ने छ जसको टर्क १२० एनएम रहेने कम्पनीले जनाएको छ । सो मोटरसाइकलमा ८ किलोवाट क्षमताको लिथियम आयोन व्याट्री दिइएको छ जसले सिंगल चार्जमा २३० किलोमिटरको रेन्ज प्रदान गर्ने छ । मोटरसाइकलले सून्यदेखि ६० किलोमिटरको स्पीड केवल २.५ सेकेन्डमा भेट्टाउन सक्ने कम्पनीले दाबी गरेको छ जसको भने उच्चगति क्षमता  १४० किलोमिटर प्रतिघन्टा रहेने  छ ।


 पी-० मोडलमा ७ इन्चको टिएफटी डिस्प्ले दिइएको छ । सो मोटरसाइकलमा फोरजी सपोर्ट, किलेस स्टार्ट, नेभिगेशन जस्ता विशेषता पाउन सकिन्छ । त्यस्तै सो बाइको अगाडि भागमा ३२० एमएम डिस्क र पछाडि २४० एमएमको डिस्क ब्रेक उपलब्ध रहने छ । १७ इन्चको टायर प्रयोग गरिएको यात्री ‘प्-०’ मा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स र १४०० एमएमको ह्वीलवेस रहने छ । यसैगरी सो बाइकमा अगाडि ४३ एमएम आरसीपी एड्जस्टेवल यूएसडी फर्क र पछाडि आरसी एड्जस्टेवल नाइट्रोजन-चार्जड् मोनोशक सस्पेन्सन दिइएको छ ।


इलेक्ट्रीक मोटरसाइकल यात्री पी–० नाम समेत दिइएको सो मोटरसाइकल महंगो हुने भनिए तापनि यसको मूल्य भने हाल सार्वजनिक गरिएको छैन । कम्पनीले यसको सबै जानकारी बैशाख १० मा सार्वजनिक गर्ने छ  । यसै गरी यसको पर्फमेन्स र अन्य पक्ष हेर्नका लागि भने केही समय पर्खिनु नै पर्नेछ ।



Our latest comments