टीभीएस अपाचे आरटीआर १६० फोर भीको आरटीएफआई भर्सन नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता जगदम्वा मोटर्सले अब छिट्टै आरटीएफआई (बीएस ६) भर्सन सार्वजनिक गर्ने जनाएको छ । अपाचे आरटीआर १६० फोरभी पहिले देखि नै नेपाली बजारमा उपलब्ध हुँदै आए पनि अब बीएस ६ भर्सनमा थप फिचर सहित सार्वजनिक हुने कम्पनीले जनाएको छ । टीभीएसका मोटरसाइकल रेसिङ डीएनएबाट प्रेरित हुने भएकाले आरटी अर्थात रेस ट्युन्ड थपेर यसलाई आरटीएफआई भन्ने गरिएको छ । आरटीएफआई प्रविधि भएकाले यसको माइलेज उत्कृष्ट हुने छ ।
बीएस ६ भर्सनमा सार्वजनिक हुने सो मोटरसाइकलमा तीन राइडिङ मोड दिइएको छ । आरटीआर १६० फोर भीको आरटीएफआई भर्सनमा रेन, अर्वान र स्पोर्टस गरी तीन मोड उपलब्ध छ । यसमा १५९ सीसी, सिगंल सिलिन्डर, आयल कुल्ड आरटीएफआई, ४ स्ट्रोक, ४ भल्भ इन्जिन दिइएको छ जुन इन्जिनले १७.४ पीएस पावर ८००० आरपीएममा र १४.७ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । यसमा भएको ५–स्पिड गियरबक्सले पावरफुल राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । सो मोटरसाइकलको अगाडि र पछाडि गरी दूबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने यसमा एबीएस पनि उपलब्ध रहेको छ ।
आरटीआर १६० फोर भी आरटीएफआईको लम्बाई २०५० एमएम, चौडाई ७९० एमएम, उचाई १०५० एमएम, ग्राउण्ड क्लियरेन्स १८० एमएम र १३५७ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १२ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले वजन १४५ केजी रहेको छ । सो मोटरसाइकलमा अगाडि २७० एमएम र पछाडि १३० एमएम डिस्क ब्रेक दिइएको छ भने यसको अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । सो बाइकले ४० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ ।
आरटीआर आरटीएफआईमा टीभीएस स्मार्ट कनेक्ट फिचरसमेत रहेको छ जसमा ब्लुटुथ कनेक्ट मार्फत आफ्नो स्मार्ट फोन मोटरसाइकलमा कनेक्ट गरेर कल अर्लट, एसएमएस अर्लट, रेस टेलिमिट्री, टर्न वाई टर्न नेभिगेशन, लिन एंगल मोड जस्ता फिचरहरु प्रयोग गर्न सकिन्छ । यसैगरी यसमा नयाँ हेडलाइट सेटअप, नयाँ एलइडी हेडलाइट सेटअप, फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र गियर इन्डिकेटर जस्ता आदि विभिन्न फिचर उपलब्ध छन् । आरटीएफआई प्रविधि भएकाले यसको पर्फमेन्स र माइलेज उत्कृष्ट हुने कम्पनीले जनाएको छ ।
टीभीएस अपाचे आरटीआर १६० फोर भी आरटीएफआई मोटरसाइकलको नेपाली बजार मूल्य ३ लाख ७० हजार रुपैयाँदेखि ३ लाख ८० हजार रुपैयाँसम्म हुने अनुमान गरिएको छ । सो मोटरसाइकलले नेपाली बजारमा पल्सर, एफजेड, केटीएम ड्युक, होन्डा र हिरो जस्ता मोटरसाइकलहरु सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।