Home / Blogs / नेपाल भित्रियो फोर्स गोर्खा; अब छिट्टै सार्वजनिक हुने
  • Upcoming Cars
  • 0

नेपाल भित्रियो फोर्स गोर्खा; अब छिट्टै सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

फोर्सको अफरोड एसयूभी गुर्खा नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि फोर्सको आधिकारिक वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले सो गाडी परीक्षणको लागि नेपाल भित्र्याएको जनाएको छ । कम्पनीका अनुसार सो मोटरसाइकल नेपालको विभिन्न स्थानमा परिक्षण गरिने छ । फोर्स गोर्खा पहिले देखि नै नेपाली बजारमा उपलब्ध भए पनि हाल बीएस ६ इन्जिन सहितको अपग्रेडेड गोर्खा नेपालमा भित्रिएको हो । गोर्खाको परिक्षण गरेपछी मात्र यसको बुकिङ लिइने र त्यसपछि मात्र गाडी नेपाली बजारमा सार्वजनिक गरिने कम्पनीको भनाइ छ ।


नयाँ फोर्स गोर्खामा बीएस ६ इन्जिनयुक्त २.६ लिटर डिजेल इन्जिन दिइएको छ जुन इन्जिनले ८९ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ ।  मर्सिडिज बेन्जको जी क्लासबाट बक्सी डिजाइनबाट प्रभावित रहेको नयाँ फोर्स गोर्खामा हाइड्रोलिक रुपबाट एक्टिभ क्लच र केबल सिफ्टका साथ ५–स्पिड गियरबक्स दिइएको छ । फोर्स गोर्खा अल ह्विल ड्राइभ सिस्टम र लो–रेन्ज ट्रान्सफर केसका साथ उपलब्ध रहेको छ भने यसको फ्रन्ट र रियरमा लकिङ डिफ्रेन्सियल दिइएको छ ।  


फोर्सको नयाँ गोर्खाको अगाडि डिस्क ब्रेक दिइएको छ भने पछाडि ड्रम ब्रेक रहेको छ । यसैगरी यसमा इन्डिपेन्डेन्ट फ्रन्ट सस्पेन्सन र रियरमा रिजिड एक्सल उपलब्ध छ । दुईवटा मात्र ढोका भएको सो एसयूभीमा म्याक्सीसको टेपाडोरको अफरोडिङ टायर रहेको छ । यसमा १६ इन्चको ट्युबलेस टायर रहेको छ । नयाँ गुर्खाको लम्बाई ४११६ एमएम, चौडाई १८१२ एमएम, उचाई २०७५ एमएम, २४०० एमएम ह्वीलवेस र २०५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ५०० लिटर क्षमताको बुट स्पेश र ६३ लिटरको इन्धन ट्याङ्की रहेको छ । 


नयाँ गुर्खामा नयाँ हेडल्याम्प, रिडिजाइन बम्पर, नयाँ ग्रिल, नयाँ टेलल्याम्प, डेटाइम रनिङ लाइट, फ्रन्ट फेण्डरमा इन्डिकेटर, टेलगेट-माउन्टेड स्पेयर व्हिल, नयाँ डिजाइनको ह्वील, न्यू टच स्क्रिन सिस्टम, सेकेण्ड रोमा क्याप्टेन सिट जस्ता अन्य धेरै बिशेषता उपलब्ध छन । यसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी तथा नेभिगेसन सपोर्टका लागि टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ । सुरक्षाको लागि सो गाडीमा एयरव्याग, एबीएस, इबीडी, रिभर्स पार्किङ सेन्सर जस्ता सुविधा पाउन सकिन्छ ।


नयाँ फोर्स गुर्खा ह्वाइट, ग्रे, ग्रिन, ओरेन्ज र रेड गरी चार कलर अप्सनका साथ नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा यसको मूल्य ६९ लाख ७९ हजार हुने अनुमान गरिएको छ भने कम्पनीले अझै नेपाली बजारमा यसको मूल्य सार्वजनिक गरेको छैन । आगामी दिनमा यसको औपचारिक रुपमा सार्वजनिक गरिने र मूल्य समेत घोषणा गरिने कम्पनीले जनाएको छ । नेपाली बजारमा गुर्खाको सिधा प्रतिस्पर्धा महिन्द्रा थार र सुजुकी जिम्नी जस्ता मोडलसँग हुने छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments