Home / Blogs / आउने भयो इलेक्ट्रिक भर्सनमा मारुती एक्सएल ५
  • Upcoming Cars
  • 0

आउने भयो इलेक्ट्रिक भर्सनमा मारुती एक्सएल ५

Nepal Auto Trader

Share this News

image

मारुती सुजुकीले चाँडै नै नेपाली बजारमा पनि इलेक्ट्रिक गाडी ल्याउने तयारी गर्दैछ । कम्पनीको पहिलो इलेक्ट्रिक कार एक्सएल ५ इलेक्ट्रिक परीक्षणको समयमा देखा परेको जानकारीहरु बाहिरिएका छन ।  सो कार वागनआर ह्याचब्याकबाट प्रेरित रहने छ भने जसमा धेरै परिवर्तनहरु पनि देख्न पाइनेछ। मारुती सुजुकीले सो गाडी सन् २०२१ को अन्त्यसम्ममा बजारमा ल्याउने जनाइएको छ । अहिले भारतका विभिन्न क्षेत्रमा यसको परिक्षण भइरहेको तस्विरहरु बाहिर आएका छन् ।

रिपोर्टका अनुसार मारुती एक्सएल ५ इलेक्ट्रिक कारमा एक्जस्ट पाइप जडान गरिएको थिएन, कारको तल प्लेटफर्म समावेश गरेको छ जसमा ब्याट्री राख्न सकियोस् । प्रोजेक्टर हेडल्याम्प, एलइडी डिआरएलएस, अलोय ह्वील, एलइडी टेल ल्याम्प, रियर वाइपर, चंकीएर बम्पर, उच्च ग्राउन्ड क्लियरेन्स जस्ता फिचरको साथ बजारमा उतार्ने छ । सो कारमा एलईडी टेल लाइट पनि समावेश गरेको छ । सो कार वागनआर ह्याचब्याकको प्रिमियम भर्सन जस्तो पनि देख्न सकिन्छ जसलाई एक्सएल५ को नामले मारुती नेक्सा ब्राण्डको माध्यमले बिक्री गरिनेछ ।

सो कारको इन्टेरियर पनि वागनआर भन्दा निकै आकर्षक हुने अनुमान गरिएको छ । ड्यासबोर्ड माउन्ट इन्फोटेन्टमेन्ट सिस्टम, फेब्रिक सिट, कप होल्डर, अटोमेटिक एसी, इटेरिङ माउन्ट कन्ट्रोल जस्ता विशेषता रहने छन् ।रिपोटका अनुसार मारुती वागनआर इलेक्ट्रिक पहिला टुर मोडलमा सार्वजनिक गर्ने सम्भावना रहेको छ । कम्पनी सो कारलाई अर्काे वर्ष आयात गर्नेछ । मूल्यको हिसाबले सो कार सबैभन्दा सस्तो इलेक्ट्रिक कार मध्ये एक हुनेछ ।


Our latest comments