Home / Blogs / जावा र जावा फोर्टी टु अब नेपालमा उपलब्ध हुने
  • Upcoming Bikes
  • 0

जावा र जावा फोर्टी टु अब नेपालमा उपलब्ध हुने

Nepal Auto Trader

Share this News

image

क्लासिक लिजेन्ड्सले नेपाली बजारमा जावा ब्रान्डका बाइक उपलब्ध गराउने भएको छ । क्लासिक लेजेन्ड्सले अग्नि मोटोइन्क प्रा.लि.लाई नेपालका लागि आधिकारिक वितरक–साझेदारका रूपमा नियुक्त गरेको छ । यो अग्नि समूहको सहायक कम्पनी हो र नेपालमा महिन्द्रा युटिलिटी सवारी साधन, ट्रयाक्टर, थ्रि व्हीलर, इलेक्ट्रिक कार र पावरोल जेनेरेटरको एक मात्र अधिकारिक वितरक हो । जावा मोटरसाइकल सुरुमा काठमाडौंको उत्तरढोका र टेकु स्थित सोरुहरुमा उपलब्ध हुनेछ र नेटवर्क विस्तारै देशभर विस्तार हुनेछ । यी मोटरसाइकल कम्प्लिट्ली बिल्ड युनिट (सीबीयू) प्रविधिमा ​​नेपाल ल्याइने छ ।


कम्पनीले नेपालमा सुरुमा आफ्नो जावा र जावा फोर्टी टु मोडेल उपलब्ध गराउने छ । क्लासिक लिजेन्डस्ले नेपालमा जावा मन पराउनेहरूका लागि आफ्ना लोकप्रिय मोडेलहरू सुलभ ढंगले पहुँच हुनेगरी प्रस्तुत गर्ने बताएको छ । नेपालीलाई ‘जावा लाइफ’को अनुभव गर्ने मौका प्रदान गर्ने कम्पनीको भनाइ छ । निकट भविष्यमा योजनाबद्ध रुपमा बिक्रीकक्ष काठमाडौं, पोखरा, इटहरी, धरान, नारायणघाट, लहान, नेपालगन्ज र बुटवल जस्ता प्रमुख शहरहरूमा पूर्ण रूपमा सञ्चालनमा आएपछि यी शहरहरूका ग्राहकहरूले आफ्नै शहरहरूमा आइकनिक मोडलका जावा र जावा फोर्र्टी टु गरी दुई मोटरसाइकलहरूको बुक गर्न र टेस्ट राइड गर्न सक्ने बताइएको छ ।


जावा चेक रिपब्लिक, पूर्व चेकोस्लाभियाको ब्रान्ड हो, ९० वर्षको विरासतका साथमा १२० भन्दा बढी देशहरूमा क्लासिक, राम्रोसँगै इन्जिनियरिङ गरिएका, गैरविशिष्ट प्रकारका मोटरसाइकलहरू निर्यात गरी समृद्धिको उत्कर्षमा पुगेको छ । क्लासिक लिजेन्ड्सको उद्देश्य भारतको पहिलो वास्तविक जीवनशैली कम्पनी बन्ने र उपभोक्ताहरूलाई मोटरसाइक्लिङ इकोसिस्टमसँगै रोमाञ्चक उत्पादन र सेवा प्रवाहबाट क्लासिक ब्रान्डहरुको सम्पदा पुनर्जीवित पार्ने अवसरहरू प्रदान गर्ने उद्देश्य रहेको छ । जावा मोटरसाइकलका दुई वटा पक्षहरू–यसको सुन्दर डिजाइन र सबल प्रदर्शनले यसले मन मात्र नभई विश्वका थुप्रै ‘टाइटल’ पनि जितेको छ ।


यी दुबै मोटरसाइकल क्रुजर डिजाइनमा उत्पादन भएका हुन् । अहिले नेपालमा क्रुजर मोटरसाइकलमा रोयल इन्फिल्डको एकल मार्केट रहेको छ । यी दुई मोटरसाइकल नेपाल भित्रदा रोयल इन्फिल्डलाई धक्का लाग्ने पक्का जस्तै रहको छ । यी दुई मोटरसाइकल भन्दा रोयल इन्फिल्ड केही सस्तो हुने देखिन्छ । यी दुबै मोटरसाइकलको मूल्य ६ लाखभन्दा माथि पर्ने अनुमान गरिएको छ । अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले क्लासिक लेजेन्ड्सका जावा मोटरसाइकलहरु नेपालमा ल्याउन पाउँदा ठूलो गर्व अनुभव भएको बताए । एउटा प्रमाणिक र आइकनिक ब्रान्ड जावाप्रति निकै आशावादी भएको र यसले मोटरसाइकल प्रेमीहरूकोे स्वतन्त्र भावनालाई निश्चित रूपले पूर्ति गर्ने र नेपालका ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेमा आफू विश्वस्त भएको बताए ।



Our latest comments