Home / Blogs / २०२१ होन्डा ग्रोम १२५ नयाँ डिजाइनमा सार्वजनिक
  • Upcoming Bikes
  • 0

२०२१ होन्डा ग्रोम १२५ नयाँ डिजाइनमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

होन्डाले आफ्नो मिनि बाइक ग्रोम १२५ को २०२१ मोडल अन्तर्राष्ट्रिय बजारमा उतारेको छ । सन् २०१४ मा पहिलो पटक सो बाइक बजारमा सार्वजनिक भएको थियो । होन्डाले ग्रोम १२५ लाई अहिलेसम्म नेपाली बजारमा भने विक्री गरेको छैन । होन्डा कम्पनीले ग्रोम १२५ नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक गर्ने अनुमान गरिएको छ । ग्रोमको २०२१ मोडललाई अहिले जापान र अमेरिकी बजारबाट विक्री सुरु गरिएको छ । 


होन्डा ग्रोम १२५ मा यूरो ५ मापदण्डको १२५ सीसी क्षमताको एयर कुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ९.७ हर्स पावर र १०.९ एनएम टर्क प्रदान गर्दछ । यसमा ५ स्पीड क्षमताको गियरबक्स दिइएको छ । यसअघि यहि इन्जिनमा ४ स्पीड गियरबक्स उपलब्ध रहेको थियो । यसको टप स्पीड क्षमता पनि केही बढाइएको छ जसले ९३ किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्ने छ । यसअघि यसको ९१ किलोमिटर प्रतिघन्टाको उच्चगति क्षमता थियो  । 


होन्डा ग्रोम १२५ मा सबैभन्दा ठूलो परिमार्जन यसको स्टाइल र बडी डिजाइन हो । लोय ह्वील, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र सबै लाइट एलइडी रहेकाले नयाँ ग्रोम १२५ थप ग्राहकको रोजाइमा पर्ने कम्पनीको विश्वास रहेको छ । यस मोटरसाइकलको सिट हाइट ७६२ एमएम मात्र रहेको छ भने यसको ह्वीलवेस समेत छोटो रहेको छ । यसमा ११०० एमएमको ह्वीलवेस दिइएको छ । साथै यसमा सानो ३१ एमएमको यूएसडी फर्क दिइएको छ ।  


नियो रेट्रो डिजाइनबाट प्रेरित रहेको नयाँ मिनि बाइकमा तीन नयाँ ड्यूल टोन कलर अप्सन दिइएको छ । जसमा रतो/निलो, पहेलो/कालो र सेतो/रातो रहेको छ । यो मोटरसाइकल विश्वका धेरै देशमा सानो साइज र चलाउँदा निकै रमाइलो महशुस गर्न सक्ने किसिमको भएकाले चर्चामा रहँदै आएको मोडल हो । हाल विश्वभर ७ लाख ५० हजार यूनिटभन्दा धेरै विक्री वितरण भइसकेको ग्रोम अब नेपाली बजारमा पनि छिट्टै आउने अनुमान गर्न सकिन्छ ।


Our latest comments