बीएमडब्ल्युले नेपाली बजारमा दुई मोटरसाइकल बीएस ६ जी ३१० जीआर र जी ३१० जीएस सार्वजनिक गरेको छ । नेपालकालागि बीएमडब्ल्यु मोटरसाइकलको आधिकारि विक्रेता हिमालयन मोटोराडले जि ३१० आर र जी ३१० जीएसको बिक्री तथा बितरण गर्दै आएको छ । कम्पनीले सो मोटरसाइकलको बुकिङ खुला भएको पनि जनाएको छ । बुकिङ गर्न चाहाने ग्राहकले ५० हजार रुपैयाँ बुझाएर बुकिङ गर्न सक्ने र प्रि–बुकिङ अफरको रुपमा २० हजार रुपैयाँ छुट र आकर्षक हेल्मेट समेत उपलब्ध गराउने कम्पनीले जनाएको छ । कम्पनीको आधिकारिक सोरुमाबाट सो बाइकको बुकिङ गर्न सकिनेछ ।
बीएमडब्लु जी ३१० आर नेकेड मोटरसाइकल हो भने जी ३१० जीएस एड्भेन्चर मोटरसाइकल हो । जी-३१० ट्वीनमा ३१३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड-कूल, फ्यूल इन्जेक्सन इन्जिन दिइएको छ जुन इन्जिनले ३३.५ बीएचपी पावर र २८ एनएम-टर्क जेनेरेट गर्दछ । कुल १६९ केजी तौल भएको यो बाइकलाई उत्कृष्ट ब्रेकिङ सिस्टम दिइएको छ । सो बाइकको फ्रन्ट र रियरमा १७ इन्च एलोई ह्विल दिइएको छ भने डबल च्यानल एबीएस र अगाडि ३०० एमएम डिस्क ब्रेक र रियरमा २४० एमएमको डिस्क ब्रेक दिइएको छ ।
बीएमडब्ल्यु जी-३१० ट्वीन बाइक उत्कृष्ट डिजाइन, उच्च पर्फमेन्स र आकर्षक डिजाइनले सुसज्जित छ । । सो बाइकमा सार्प र सिल्क बडी, सिंगल–स्क्रीन, डिजिटल इन्स्टुमेन्ट कन्सोल टेकोमिटर, स्पीडोमीटर, ओडोमिटर, फियुल गेज, गियर इन्डिकेटरका साथ अन्य थुप्रै फिचरहरु समाबेश गरिएको छ । सो बाइकको लम्बाई २००५ एमएम, चौडाई ८४९ एमएम, उचाई १०८० एमएम र १३८० एमएमको ह्वीलवेस रहेको छ । १६५ एमएम ग्राउण्ड क्लियरेन्स रहेको सो बाइकमा एलइडी हेड ल्याम्प, टेल ल्याम्प, एड्भान्स स्पिडोमिटर लगायतका फिचर्स छन् ।
बीएमडब्ल्यु जी ३१० आर र जी ३१० जिएस तीन कलर अप्सनमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनिले जनाएको छ । जी ३१० आर काइनाइट ब्लु मेटालीक, कस्मीक ब्ल्याक र लाइमस्टोन मेटालीकमा उपलब्ध छ भने जी ३१० जीएस पोलार ह्वाइट, ट्रीपल ब्ल्याक र काइनाइट ब्लस मेटालीकमा उपलब्ध रहेको छ । यस्तो छ सबै मोडलको कलर अप्सन अनुसारको नयाँ मूल्य;
बीएमडब्ल्युका विभिन्न मोडलको नयाँ मूल्यसूची:
मोडल | इन्जिन क्षमता | नयाँ मूल्य |
जी ३१० आर काइनाइट ब्लु मेटालीक | ३१३ सीसी | रु. १३,७५,००० |
जी ३१० आर कस्मीक ब्ल्याक | ३१३ सीसी | रु. १३,५०,००० |
जी ३१० आर लाइमस्टोन मेटालीक | ३१३ सीसी | रु. १३,७५,००० |
जी ३१० जिएस पोलार ह्वाइट | ३१३ सीसी | रु. १४,७५,००० |
जी ३१० जिएस ट्रीपल ब्ल्याक | ३१३ सीसी | रु. १४,७५,००० |
जी ३१० जिएस काइनाइट ब्लस मेटालीक | ३१३ सीसी | रु. १४,७५,००० |
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।