Home / Blogs / सार्वजनिक गर्दै हुन्डाईले नयाँ एसयूभी ‘अल्काजार’; जुनमा आउने
  • Upcoming Cars
  • 0

सार्वजनिक गर्दै हुन्डाईले नयाँ एसयूभी ‘अल्काजार’; जुनमा आउने

Nepal Auto Trader

Share this News

image

 हुन्डाईले आफ्नो ७ सिट क्षमताको अल्काजार एसयूभी आगामी जुनबाट सार्वजनिक गर्ने भएको छ । कम्पनीले अल्काजारलाई क्रेटाको ७ सिटर अप्सनको रुपमा बजारमा ल्याउन लागेको जानकारी दिएको छ । हाल बजारमा ७ सिट क्षमता एसयूभीको ट्रेड चलिरहेको छ । हेक्टरमा आधारित एमजी हेक्टर प्लस, ह्यारियरमा आधारित टाटा ग्रेभिटास, कियामा आधारित किया सेल्टोस नेपाली बजारमा सार्वजनिक गर्ने सम्भावना रहेको छ भने हुन्डाई पनि सोही पंक्तिमा आधारित भएर हुन्डाई अल्काजार बजारमा ल्याउन लागेको हो  ।  हुन्डाईले यो एसयूभी भारतमा उत्पादन गर्ने  भएको छ ।


अल्काजारमा अपडेटेड फ्रन्ट ग्रिल, अतिरिक्त रियर क्वार्टर, रिडिजाइन गरेको सी–पिलर र ५ सिट भएको क्रेटाको तुलनामा ठूलो रियर ओभरह्याङ हुने अपेक्षा गरिएको छ ।  एसयूभीको लागि टेलल्याम्प पुनः डिजाइन गरिने छ भने सो कारमा एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी टेल लाइट, फ्रन्ट र रियर फक्स स्किड प्लेट, रुफ रेल्सको साथ डायमन्ट कट अलोय ह्विल समावेश गरिने कम्पनिले जनाएको छ । सो एसयूभीमा एन्ड्रोयड अटो र एपल कारप्ले कनेक्टिभिटीको साथमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट युनिट हुने कम्पनिले दाबी गरेको छ ।


यसमा रहने इन्जिनको विषयमा कम्पनीले अहिलेसम्म कुनै अधिकारीक जानकारी भने दिएको छैन ।  टाटा सफारी र एमजी हेक्टर प्लस जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नु पर्ने भएकाले यसमा १.४ लिटर टर्बाे पेट्रोल (१४०बीएचपी), १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल (११५बीएचपी) र १.५ लिटर टर्बाे डिजेल (११५बीएचपी) को साथ ३ विकल्प रहन सक्ने जनाइएको छ । सो कारमा ४ गियरबक्स जसमा ६ स्पिड म्यानुअल, ६ स्पिड टर्क कन्वर्टर अटोमेटिक, आईभीटी र ७ स्पिड डीसीटी गियरबक्सको विकल्प रहने अनुमान गरिएको छ ।


सुरक्षाको लागि लागि सो कारमा ६ एयरब्याग, अटोमेटिक ब्रेकिङ सिस्टम, ब्लाइन्ड स्पोट कोलिसन ओभिडेन्स एसिस्ट, ड्राइभर एटेन्सन वार्निङ, क्रस ट्राफिक वार्निङ, स्मार्ट क्रुज कन्ट्रोल, हाइवे ड्राइभिङ एसिस्ट, एबीएसको साथमा ईबीडी जस्ता फिचर यसमा उपलब्ध हुने अनुमान गरिएको छ । त्यस्तै सो एसयूभीमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, लेदर अपहोल्स्ट्री, वायरलेस चार्जर, हुन्डाई ब्लुलिंक कनेक्टेड टेक्नोलोजी, एयर प्यूरिफायर र रियर भ्यु मिरर समावेश गरिनेछ ।


नेपाली बजारमा हुन्डाईले अल्काजार २०२१ को मध्यमा सार्वजनिक गर्ने सम्भावना रहेको जनाएको छ । यद्यपि यसको आधिकारिक घोषणा भने भएको छैन । नेपाली बजारमा ७ सिटर हुन्डाई अल्काजार एसयूभीको एमजी हेक्टर प्लस, टाटा ग्रेभिटास र नयाँ जेनेरेसन महिन्द्रा एक्सयूभी ५०० सँग प्रतिस्पर्धा हुनेछ । हुन्डाई अल्काजार एसयूभीको नेपाली मुल्य पनि घोषणा हुन बाँकि नै छ ।



Our latest comments