अमेरिकी अटो कम्पनी जीपको लोकप्रिय मोडल कम्पासको फेसलिफ्ट आगामी जनवरी ७ मा सार्वजनिक हुने भएको छ । जीपले २०२१ मोडेल कम्पासलाई व्यापक अपडेट र परिमार्जन सहित सार्वजनिक गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भईसकेको कम्पास फेसलिफ्ट जनवरी अन्तिमसम्ममा नेपालमा पनि सार्वजनिक हुने भएको हो । नयाँ कम्पासको एक्सटेरियरमा परिवर्तन गरिएको छ भने इन्टेरियरको फिचरको पनि थपिएको स्रोतले जनकारी दिएको छ ।
नयाँ कम्पास बीएस ६ कम्प्लायन्ट पेट्रोल र डिजेल इन्जिनमा हुनेछ । नयाँ कम्पासमा पुरानै २.० लिटरको डिजल इन्जिन रहने छ । २.० लिटरको टर्बो डिजेल इन्जिनले १७३ एचपीपावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ भने १.४ लिटरको टर्बो पेट्रोलले १६३ एचपीपावर र २५० एनएम टर्क जेनेरेट गर्नेछ। दुबै इन्जिनमा ६ स्पीडको म्यानुअल गियरबक्स स्टान्डर्ड रहेको छ । पेट्रोल पावर कम्पासमा भने ७ स्पीड डियूल क्लच अटोमेटिक तथा डिजलमा ९ स्पिडको टर्क कन्भटर अटोमेटिक गियर अप्सन रहने छ ।
नयाँ कम्पासमा हेडल्याम्पको डिजाइन रिभाइज गरी इन्टिग्रेटेड एलईडी डीआरएल लगाइएको छ । यसको ग्रिल पनि परिवर्तनगरि सेभेन स्लटमा हनिकम्बको प्याटर्न दिइएको छ । अगाडिको बम्पर नयाँ डिजाइनको हुनेछ भने स्किड प्लेट तथा फगल्याम्पको हाउजिङ डिजाइन पनि परिवर्तित हुने छ। जीपले कम्पासमा दिइएको अलोय ह्वीललाई समेत परिमार्जन गरेको छ । नयाँ ड्यास बोर्डमा १०.१ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । टचस्क्रिनमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने एफसीएको कनेक्ट इन्टरफेस पनि रहेको छ
जीप कम्पासको ड्यासबोर्डमा डबल स्टीच लेदर तथा ब्रस्ट आल्मुनियम जस्तो देखिने मेटेरियल प्रयोग गरिएको छ । कम्पास फेसलिफ्टको नेपाली बजारमा हुन्डाई टुसान, स्कोडा कारो र टाटा ह्यारियर तथा एमजी हेक्टरको हायर स्पेक मोडलहरुसँग प्रतिस्पर्धा हुनेछ । नेपालमा नयाँ कम्पास फेसलिफ्ट जनवरीको अन्त्यसम्ममा सार्वजनिक हुने अनुमान छ। नेपालका लागि जीपको आधिकारीक विक्रेता लाइफ अटोमोवाइल रहेको छ ।
PREVIOUS NEWS
NEXT NEWS