Home / Blogs / सुरक्षा हेलमेटको लागि आईएसओ मापदण्डहरू
  • Safety
  • 0

सुरक्षा हेलमेटको लागि आईएसओ मापदण्डहरू

Nepal Auto Trader

Share this News

image

सन् १९७७ मा  औधौगिग सुरक्षा हेलमेटको मापदण्डहरू निर्धारण गर्दै आईएसओ ३८७३-१९७७ मानक नम्बर स्थापना भयो | आईएसओका सबै सदस्य राष्ट्रहरूले यस मापदण्डमा सहमति जनाउदै र सुरक्षित हेलमेट उत्पादन र परीक्षण गर्न थुप्रै औधौगिग मापदण्डका विधिहरू प्रस्तुत गरे | यसैमा निर्धारित भएर सुरक्षित हेलमेटका लागि आईएसओ ३८७३-१९७७ र यसको मापदण्डहरू निर्धारण गरियो | 


के लेखेको छ आईएसओ ३८७३-१९७७ मा?


आईएसओ ३८७३-१९७७ उल्लेखित मापदण्डहरु र उल्लेखित केहि परीक्षण र तिनको केहि विधिहरू अनिवार्य छन् र केहि वैकल्पिक पनि । अनिवार्य परीक्षणमा झटका-अवशोषण क्षमता, छिद्रको प्रतिरोध र ज्वालाको प्रतिरोध समावेश छ जबकि वैकल्पिक परीक्षणहरूले डाइलेक्ट्रिक शक्ति, पार्श्व विकृतिको प्रतिरोध र कम तापक्रम प्रतिरोध समावेश गर्दछ। 


१. झटका-अवशोषण क्षमता:

  • ५ केजीको हेमिसिपेरिकल द्रव्यमान १ मिटरको उचाइबाट झर्ने र फल्स टाउको या डमी टाउकोमा प्रसारित बल नाप्ने ।
  • अधिकतम बल मापन गर्दा ५०० डेकानिउटन भन्दा बढी हुनुहुन्न।
  • परीक्षण हेलमेटमा –१०डिग्री, + ५०डिग्री सेल्सियसको तापक्रममा दोहोरिन्छ।


२. छिद्र प्रतिरोध र प्रवेश क्षमता:

  • हेलमेटको माथिल्लो भागको १०० मिलिमिटर व्यासको क्षेत्रभित्र ३ केजी तौलको ६०° डिग्री टिप कोण शंखपंचले प्रहार गर्दै छिद्र प्रतिरोध र प्रवेश क्षमता परिक्षण गरिन्छ ।
  • यस्तो छिद्र प्रतिरोध क्षमता परिक्षण गर्दा पन्चको टोक फल्स टाउको या डमी टाउकोमा सम्पर्कमा आउनुहुन्न।
  • झटका-अवशोषण क्षमता मा प्रतिकुल नितजा प्रदान गर्ने अन्य सर्तहरूको पनि यसै बेला अन्तर्गत परीक्षण गरिन्छ ।


३. ज्वाला प्रतिरोध क्षमता

  • १० सेकेन्ड प्रोपेनको प्रयोग गर्दै बुन्सेन बर्नरको ज्वालामा हेलमेटको १० मिलिमिटर व्यासको ज्वाला प्रतिरोध क्षमता को परिक्षण गरिन्छ ।
  • यसो गर्दा बाह्य खोल आगोबाट झिकिसके पछि ५ सेकेन्ड भन्दा बढि आगो लाग्नु हुँदैन।


वैकल्पिक परीक्षणहरू:


४. डाइलेक्ट्रिक शक्ति परीक्षण:

  • डाइलेक्ट्रिक शक्ति परिक्षण गर्न हेलमेटलाइ सोडियम क्लोराइड NaCl को झोलमा डुबाइएर राखिन्छ |
  • यस्तो हेल्मेटलाई १२०० भोल्टेज र ५० हर्त्ज़ बिधुतिय चुहावटमा मापन गरिन्छ | 
  • विद्युतीय चुहावट मापन गर्दा ०.२ एमए भन्दा ठूलो हुनुहुँदैन।


५. पार्श्व कठोरता परीक्षण:

  • हेलमेटलाइ ४३० निउटन कम्प्रेसिभ दबावमा दुई समानान्तर प्लेटहरू बीचको छेउमा राखिन्छ |
  • लोड अन्तर्गत विरूपण ४० मिमी भन्दा बढी हुनुहुन्न, र स्थायी विरूपण १५ मिमीभन्दा बढी हुनुहुन्न।


६. कम तापमान परीक्षण:

  • हेलमेटलाई -२० डिग्री सेल्सियस को तापमान मा झटका-अवशोषण क्षमता र छिद्र प्रतिरोध र प्रवेश क्षमता गरिन्छ ।
  • हेलमेटले यी दुई परीक्षणहरूको लागि पूर्वानुमान आवश्यकताहरू पूरा गर्न अनिवार्य छ।

Our latest comments