Home / Blogs / यु एमले ल्यायो इलेक्ट्रिक बाइक ।
  • Auto News and Updates
  • 0

यु एमले ल्यायो इलेक्ट्रिक बाइक ।

Nepal Auto Trader

Share this News

image

अमेरिकी बाइक यु एमले भारतको पहिलो इलेक्ट्रिक क्रुजर मोटरसाइकल रेनेगेड थोरलाई अटो एक्स्पोमा अनावरण गरेको छ।

रेनेगेड थोर विश्वकै पहिलो गियर भएको इलेक्ट्रिक क्रुजर बाइक हो। यो मोडल विश्वब्यापी रुपमा पहिलो पल्ट भारतमा अनावरण भएको हो भने नेपालमा कहिले आउन्छ भन्ने निस्चित छैन ।

रेनेगेड थोर बाइकले ३० किलोवाट पावरका साथै ७० न्युटन मिटर टर्क उत्पादन गर्छ।

यो बाइकमा ५ स्पिड ट्रान्समिसन भएको गेअरबक्स र हाइड्रोलिक क्लच तथा कन्ट्रोलर भएको लिक्विड कुल्ड मोटर छ। यसका साथै चालक सुविधा हुने गरि रिभर्स गियर पनि रहेको श्रोतले जनाएको छ।

रेनेगेड थोरको आगमन संगै यु एमले कम्पनीको प्राविधिक प्रगति र दक्षताबाट विश्व बजारमा इलेक्ट्रिक मोटरसाइकलको माग रहेको यस उत्पादनबाट प्रस्ट्याउन खोजेको छ।

दिल्ली अटो शोमा यु एमले थोरका साथै रेनेगेड ड्युटी एस र रेनेगेड ड्युटी एसिइ मोडल पनि अनावरण गरेको थियो।  उल्लेखित दुवै बाइक २२३ सिसि सिंगल सिलिन्डर र ५ स्पिड गियर बक्स सहित रहेको श्रोतले जनाएको छ।

Our latest comments