हुन्डाईले उबरसँग उड्ने ट्याक्सीका लागि सहकार्य गर्ने

राइड सेयरिङ कम्पनी उबरको माउ कम्पनी- उबर टक्नोलिजिजले एयर ट्याक्सीका लागि दक्षिण कोरियाली गाडी कम्पनी हुन्डाईंसँग सहकार्य गर्ने भएको छ। यी दुई कम्पनीले स्वचालित शहरी एयर ट्याक्सीका लागि सहकार्य गर्न लागेका हुन्।अटोमोबाइल्सका विश्व खेलाडीहरू ड्याम्लर(जर्मनी), जेली अटोमोबाइल्स(चीन) र टोयोटा(जापान)हरूले यसअघि नै ठाडै उडान-अवतरण गर्न सक्ने विद्युतीय एयर कारमा लगानी घोषणा गरिसकेका छन्। तर यी योजनाहरूको कार्यान्वयनमा ठूला प्राविधिक र नियमनका बाधाहरू छन्।

उबर र हुन्डाईले यी कारहरूको व्यवसायिक प्रयोगका लागि तोकेका फरक-फरक समयसीमाले पनि यी चुनौतीहरूलाई देखाउँछ। 'हामीले सन् २०२३ सम्म उबर एयर सुरु गरिसक्नेमा एकनासको प्रगति गरिरहेका छौं', उबर इलिभेटका प्रमुख एरिक एलिसनले भने। उनले लास भेगासको उपभोक्ता विद्युधितिय प्रदर्शनीमा यस्तो बताएका हुन्। यता हुन्डाईका कार्यकारी उपाध्यक्ष यूसुन चुङले भने सन् २०२८ सम्ममा एयर ट्याक्सीको व्यावसायिकीकरण हुने बताएका छन्। उनले कानुन र व्यवस्था तयारीका कारण यति समय लाग्ने बताएका हुन्।

हुन्डाई उबरको एयर ट्याक्सी योजनामा सहभागी भएको पहिलो कार निर्माता कम्पनी हो। यसमा प्लेन निर्माता कम्पनी बोइङको सहायक कम्पनी अउरा फ्लाइट साइन्सेज पनि सहभागी छ। यस योजना अन्तरगत हुन्डाईले कार बनाउनेछ भने उबरले राइड-सेयर सेवा प्रदान गर्नेछ।   उबरले एयर ट्याक्सीका लागि ८ कम्पनीहरूसँग सहकार्य गरिरहेको छ। उसले सबै साथी कम्पनी एकसाथ बजारमा जानेछन् भनेर आशा गर्नु अस्वभाविक हुने बताएको छ।

'हामीले सन् २०२३ मा सिमित रुपमा सुरु गर्ने व्यावसायिक सेवाले अरु साथी कम्पनीलाई संलग्न गराउनेछ', उबरकी सञ्चार व्यवस्थापक  सारा अब्बाउडले रोयटर्ससँग भनिन्। हुन्डाईले उबरसँग मिलेर विद्युतीय एयरक्राफ्टको अवधारणा नमुना प्रदर्शनीमा सार्वजनिक गर्नेछ। पाइलटसहित चार यात्रुको क्षमता रहने ट्याक्सीले एकपटकमा सय किलोमिटरसम्मको दुरी तय गर्न सक्नेछ। 'यसको प्रयोग सबैका लागि सुलभ हुनुपर्छ', हुन्डाई मोटर्सको उर्बान एयर मोबिलिटी डिभिजनका प्रमुख सिन झे-वनले भने।

यसरी आउने एयर ट्याक्सीहरू विभिन्न क्षमता र आकारका हुनेछन्। जेट इन्जिनलाई विद्युधितिय मोटरले विस्थापन गर्नेछन् र एयरक्राफ्टमा घुम्ने हुनेछन। र केही अवस्थामा बने प्रोपेलर्सको सट्टामा रोटरसहरु हुनेछन्। गत वर्ष हुन्डाईले यस योजनामा सन् २०१५ सम्म १.५ बिलियन अमेरिकी डलर लगानी गर्ने वाचा गरेको थियो। यसैगरी बोईङ कम्पनीले शहरी यातायातका लागि जर्मनी कार कम्पनी भोक्सवागनको स्पोट्स कार पोससँग उड्ने विद्युतिय गाडीका लागि काम गरिरहेको बताएको थियो।

SOURCE:

Share Page

Related tags to article

0 Comments

Write a comment

menu
menu