Home / Blogs / एबीएस र कनेक्टेड फिचर सहित टीभीएस अपाचे आरटीआर नेपाली बजारमा
  • Latest Bikes
  • 0

एबीएस र कनेक्टेड फिचर सहित टीभीएस अपाचे आरटीआर नेपाली बजारमा

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा औपचारिक रुपमा टीभीएसको एबीएस र कनेक्टेड फिचर सहितको अपाचे आरटीआर १६० फोरभी सार्वजनिक भएको छ । टीभीएसको अपाचे सिरिज विश्वभर ४० लाख यूनिट बिक्री भएको छ । एक कार्यक्रमका बीच जगदम्बा मोटर्सले अचापे आरटीआर १६० फोर भीको एबीएस र स्मार्ट कनेक्ट फिचरसहित नयाँ भेरियन्ट सार्वजनिक गरेको हो । नयाँ भेरियन्टहरु सँगै यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा मात्र बिक्री हुँदै आएको १६० फोर भी अब विभिन्न ५ भेरियन्टमा उपलब्ध हुनेछ । विभिन्न कनेक्टेड फिचरका कारण यसलाई युवा राइडरहरुले मन पराउने र टीभीएसका अन्य बाइक जस्तै यो बाइक पनि नेपाली बजारमा लोकप्रिय हुने कम्पनको विश्वास छ ।


१६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । यसमा रहेको इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ । आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ ।  एउटै मोटरसाइकलमा २ लाख ७३ हजारदेखि ३ लाख ६ हजारसम्मको रेञ्जमा यी मोटरसाइकल उपलब्ध हुने छन् ।


चालकले आफ्नो मोवाइलमा एप मार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्न सक्ने छन् । यसमा एलसीडी डिस्प्ले प्रयोग भएकाले मोवाइलमा हुने कल तथा एसएमएस गतिविधि यहाँ हेर्न सकिने छ । कन्सोलमा रहेको ओडो मिटरमा ट्रिप १ र ट्रिप २ मिटर मोड उपलब्ध रहने छ । त्यस्तै यसमा टाइम ल्याप मिटर पनि रहेको छ । यो विशेषत रेसिङ ट्रयाकमा प्रयोग हुने फिचर हो । यसका अलावा कम्पनीले यसमा ०–६० रेकर्ड इन्डिकेटर दिएको छ । उक्त इन्डिकेटरले ० देखि ६० को स्पिड कति समयमा पुग्यो भन्ने रेकर्ड गर्छ ।  नयाँ सार्वजनिक भएको एबीएस र स्मार्ट कनेक्ट सहितको आरटीआर १६० फोर भीको मूल्य ३ लाख ५ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।


नयाँ आरटीआर १६० फोर भीमा गियर इन्डिकेटर, लो फ्युल वार्निङ, क्लक, आरपीएम अर्लट, एबीएस इन्डिकेटर जस्ता फिचर रहेको छ । यसका अलावा यसमा लिन एंगल, ट्रिप मोड, सर्ट राइड मोड, टर्न वाइ टर्न नेभिगेशन, कल अर्लट मोड उपलब्ध रहेको छ । लिन एंगल फिचर मोटरसाइकल चलाउँदा कति डिग्रिमा मोटरसाइकल लिन भयो, कति आरपीएमा गियर चेन्ज भयो जस्ता रेकर्ड हेर्न सकिन्छ । बिशेषत यो फिचरले नयाँ राइडरलाई आफ्नो राइडिङ क्षमता विकास गर्न मद्धत गर्छ । कम्पनीले यसमा ‘कि फिचर’को रुपमा क्रयास अलर्ट फिचर दिएको छ । कुनै पनि अवस्थामा मोटरसाइकल दुर्घटनामा पर्दा उक्त फिचर मार्फत लोकेसनसहितको दुर्घटनाको सूचना अर्को राइडरलाई नोटिफिकेसन जान्छ । 




Our latest comments