Home / Blogs / टिभिएस अपाचे आरटिआर १६० २भी रेस नेपाली बजारमा सार्वजनिक
  • Latest Bikes
  • 0

टिभिएस अपाचे आरटिआर १६० २भी रेस नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन नेपाली बजारमा प्रवेश गरेको छ। टिभिएसको नेपालका लागि आधिकारीक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा ल्याएको हो।

टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन टिभिएस रेसिङ्ग परम्पराको ३७ वर्षको एक लोकप्रिय उपलब्धि हो र युवा पुस्ताहरुमाझ यसलाई लक्षित गरिएको छ। अभूतपूर्व रेसिङ्ग डिकल्स, थ्रीडि लोगो, चमकदार रङ्गहरु एवं स्पिड मिटरको नवीन डायलले यो मोटरसाइकललाई एक स्टाइलिस ढाँचा प्रदान गरेको छ।

यसमा १५९.७ सिसिको सिंगल सिलिण्डर, ४ स्ट्रोक, एयर–कूल्ड इन्जिन जडान गरिएको छ र यसले ६५००(+ ३००) आरपिएममा १३.०३ एनएमको टर्कका साथ ८५०० आरपिएममा १५.१२ पिएसको अधिकतम शक्ति उत्सर्जन गर्दछ ।

यसैगरी उच्च ग्रिप टायरहरुकासाथ पांग्रामा भएको नयाँ पिनस्ट्राइपहरु, डबल डिस्क ब्रेकहरु र एक शक्तिशाली इन्जिनले बाइक चालकलाई रेसिङ्ग अनुभूतिमा बाइक चलाउने अनुभव प्रदान गर्ने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसनले देशमा रहेका युवाहरुमाझ टिभिएस मोटरका उत्पादनहरु प्रति थप उत्साह जगाउने विश्वास हाम्रो रहेको छ । गहन रेसिङ्ग परम्पराद्वारा समर्थन प्राप्त यो स्टाइलिस प्रिमियम मोटरसाइकलले नेपालका सबै बाइकिङ्ग शौखिनहरुलाई आकर्षित गर्नेछ ।

यसको हालको बजार मुल्य २ लाख ६४ हजार ९०० रुपैयाँ रहेको छ।



Our latest comments