नेपालको जस्तोसुकै सडकमा टोयोटा रस

जापानी मोटर कम्पनी टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले करिव १ वर्ष अगाडि ‘कम्प्याक एसयुभि’ टोयोटा रस नेपाली बजारमा भित्राएको थियो।

सुरक्षित र आरामदायी यात्राको लागि ‘रस’ भरपर्दो विकल्प भएको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीका असिस्टेन्ट जनरल म्यानेजर (सर्भिस) निरज तिवारीको दावी छ।

‘टोयोटाले गुणस्तरमा कहिल्यै सम्झौता गर्दैन अझ रस नेपालको बाटो र परिवार सुहाउँदो छ,’ उनले भने ‘रस टू ह्विल ड्राइभको भएपनि अरु जस्तो फ्रन्ट नभई यो रेयर ह्विल ड्राइभ भएकोले तान्ने क्षमता धेरै छ।’

रस नेपालका जस्तासुकै उबडखावड सडकमा चलाउन सकिन तिवारीले दावी गरे। यसमा २२० एमएम ग्रउण्ड क्लेयरेन्स भएकोले रस नेपालको सडक सुहाउँदो भएको कम्पनीको दावी छ।

‘हामीले रसको क्षमता प्रमाणीत गर्न ७ ओटा रस मूक्तिनाथ सम्म पुर्याएर ल्यायौ, त्यस्तो अफरोडमा पनि रसलाई कुनै मुस्किल परेन,’ उनले सेतोपाटीसगँ भने।

१४९६ सिसि फोर सिलिन्डर पेट्रोल इन्जिनको रसले ६ हजार आरपिएममा १०४ पिएस पावर र ४ हजार २ सय आरपिएममा १३६ एनएम टर्क दिन्छ।

ठुलो परिवार हुनेको लागि यो उत्कृष्ट विकल्प भएको तिवारीले बताए। ‘रसमा ७ वटा सिट छ, यसलाई आवस्यकता अनुसार फोल्ड गरेर बुट स्पेस ठूलो बनाउन सकिन्छ,’ उनले भने।

कम्पनीले यात्रुको सुरक्षालाई खास ध्यान दिएको तिवारीको भनाई छ। यसमा ६ वटा एयर ब्याग, हिल स्टार्ट असिस्ट कन्ट्रोल, पार्किङ सेन्सर, एविएस विथ इविडी, इमर्जेन्सी सिग्नल सिस्टम(इएसएस), रेयर भ्यू क्यामरा लगाएतका सेफ्टी फिचर्स समावेस गरिएको छ।

त्यसैगरी यसमा ७ इन्च टच स्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, एलइडि हेड ल्याम्प, पुस स्टार्ट स्टप बटन, रेयर वाइपर, पावर विन्डो, पावर स्टेरिङ, ८ वटा स्पिकर, एयर कन्डिस्नर लगाएत अन्य धेरै फिचर्स समावेस गरिएको छ।

यसको फुल ट्याङ्क इन्धन क्षमता ४५ लिटर छ। अटोम्याटीक र म्यानुअल दुवै ट्रान्समिसनमा उपलब्ध रस ४ ओटा भेरियन्टमा उपलब्ध छ। कम्पनीले यसको मूल्य ‘रस हाई अटोमेटीक ट्रान्समिसन’को ७५ लाख ५० हजार, रस हाई म्यानुअल ट्रान्समिसनको ७१ लाख ४० हजार, रस मिड अटोमेटीक ट्रान्समिसनको ६८ लाख ५० हजार र रस मिड म्यानुअल ट्रान्समिसन ६६ लाख ९० हजार निर्धारण गरेको छ।

कम्पनीले रसमा २० हजार किलोमिटर वा १ वर्ष वारेन्टी प्रदान गरेको छ। ‘हामीलाई हाम्रो प्रोडक्टमा विस्वास छ। कम्पनीले वारेन्टीलाई भन्दा क्वालीटिलाई ध्यान दिएको कारण थोरै वारेन्टीले फरक पर्दैन,’ उनले भने।

SOURCE:

Share Page

0 Comments

Write a comment

menu
menu