फोर्ड कुगा अब नेपाली बजारमा

प्रख्यात अमेरिकन कार निर्माता कम्पनी फोर्डको पि्रमियम लक्जरी गाडी ‘फोर्ड कुगा’ नेपाली बजारमा भित्रिएको छ । अटोमोबाइल्सका अनुसार लक्जरी एसयुभी कुगा दुई हजार पाँचसय २१ सीसीको पेट्रोल इन्जिन हो ।

एसयुभी सेगमेन्टको यस गाडीको मूल्य नेपाली बजारमा ९० लाख रुपैयाँ तोकिएको छ । फोर्डले गत वर्ष पनि ३ वटा कुगा गाडी नेपाली बजारमा भित्राएको थियो । विश्वभर उच्च माग रहेको दाबी गरिएको यस गाडी कम्पनीले प्रयाप्त मात्रामा उपलब्ध गराउन नसक्दा विचमा नेपाल आउन नसकेको हो 

यसपटक भित्री तथा बाहिरी बनावटमा केही परिवर्तन भएर कुगा बजारमा आएको । अघिल्लो पटक भन्दा यस पटक कुगाको लाइटहरु थप आकर्षक रहेका छन् । पि्रमिय कारका पारखीहरुलाई लक्षित गरेर कुगा बजारमा ल्याइएको कम्पनीको दाबी छ।

कुगा २५२१ सीसीको पेट्रोल इञ्जिनयूक्त गाडी हो । यस गाडीमा क्रुज कन्ट्रोल प्रणाली, भ्वाइस कमान्ड, स्पोर्टी लुक, बलियो इञ्जिन, तीनवटा एयर ब्याग, ब्लाइन्ड स्पट इन्फरमेशन सिष्टम, पाँच जना सजिलै बस्न सक्ने लगायतका सुविधाहरु रहेका छन् ।

कम्पनीले कुगाको भित्र मात्रै होइन बाहिरी आवरणलाई पनि नयाँ लुक्स दिएको छ । विशेषगरी आकर्षक ग्रील, हेडलाइट, र बम्‍फरले एसयुभी सिरिजको गाडीहरुमा आफूलाई अग्रस्थानमा राख्न सफल भएको छ ।

कुगामा ब्लाइन्ड स्पट इन्फरमेसन सिस्टम छ । यसैगरी अडाप्टिभ क्रुस कन्ट्रोल पनि रहेको छ । आकर्षक स्‍पोर्टी लुक र दमदार इञ्जिन क्षमताले एसयुभीलाई सानदार बनाएको कम्पनीले दाबी गरेको छ ।


Share Page

Related tags to article

0 Comments

Write a comment

menu
menu