Home / Blogs / आउने भयो टाटा अल्ट्रोज अब नेपाली बजारमा
  • Upcoming Cars
  • 0

आउने भयो टाटा अल्ट्रोज अब नेपाली बजारमा

Nepal Auto Trader

Share this News

image

टाटा मोटर्सको नयाँ कार टाटा अल्ट्रोज यही साता भित्र नेपाली बजारमा आउने अनुमान गरिएको छ भने यसको बुकिङ आर्को हप्ता देखी खुल्ला हुने भएको छ । नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यही साता सो कारका लागि बुकिङ खुल्ला गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो फेसबुक पेजमार्फत यसको सांकेतिक जानकारी समेत दिएको छ । यद्यपि कुन दिन सार्वजनिक गरिने भन्ने मिति भने तय भ्एको  छैन ।

टाटा मोटर्स नेपालको फेसबुक पेजमा यसलाई It's time for you to experience The Gold Standard भनेर संकेत पनि गरिएको छ । त्यसैगरी यसको मूल्य पनि हाल सार्वजनिक गरिएको छैन । सिप्रदी ट्रेडिङ स्रोतका अनुसार हाल पेट्रोल इन्जिनमा सो कार उपलब्ध हुनेछ । सो कार एक्सएम, एक्सटी र एक्सजेड भेरिएन्टमा उपलब्ध हुनेछ । पेट्रोल इन्जिन १.२ लिटरको छ । जसमा ११९९ सीसीको इन्जिन जडान छ, जसले ८५ बीएचपीको पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ ।

टाटा अल्ट्रोज आफ्नो सेगमेन्टमा पहिलो कार हो, जसको ढोका ९० डिग्री भन्दा पनि धेरै खुल्छ । त्यसैगरी टाटाको एजल लाइट फ्लेक्जिबल एड्भान्स (अल्फा) डिजाइनमा काम गर्ने पहिलो कार पनि हो । कारमा एन्ड्रोइड अटो र एप्पल कारप्लेका साथै ७ इन्चको फ्रि–स्ट्यान्डिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम छ ।

बाहिरी भागमा प्रोजेक्टर हेडल्याम्प, एलईडी डीआरएल, फ्रन्ट र रियर फगल्याम्प र रियर डिफगर जस्ता फिचर उपलब्ध छन् । सो कारमा क्रुज कन्ट्रोल, आइडल स्टार्ट स्टप, रेन सेन्सिङ वाइपर, अटो हेडल्याम्प र एम्बिएन्ट मुड लाइटनिङ जस्ता सेगमेन्ट लिडिङ फिचर छन् । सो कारको प्रतिस्पर्धा मारुती सुजुकी बलेनो र हुन्डाई एलिट आई २० सँग हुनेछ ।

Our latest comments