Home / Blogs / टाटा अल्ट्रोज नेपाली बजारमा सार्वजनिक
  • Latest Cars
  • 0

टाटा अल्ट्रोज नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

सिप्रदी ट्रेडिङले टाटा अल्ट्रोजलाई आजबाट आधिकारीक रुपमा नेपालमा बिक्री सुरु गर्ने भएको छ । नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यही साता सो कारका लागि बुकिङ खुल्ला गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो फेसबुक पेजमार्फत यसको सांकेतिक जानकारी समेत दिएको छ । निकैअघि नेपाल ल्याउने तयारी गरिएको अल्ट्रोज कोभिड १९ को संक्रमण फैलिएसँगै आउन सकेको थिएन । अल्ट्रोज विभिन्न ४ भेरियन्टमा नेपाल आउन लागेको सिप्रदी ट्रेडिङले जानकारी दिएको छ ।


निकै आरामदायी, ठूलो स्पेश, विशिष्ट फिचर तथा ठूला कारको जस्तै पर्फर्मेन्स रहने दाबी गरिएको अल्ट्रोज कम्पनीले आफ्नो नयाँ अल्फा प्लाटफर्ममा निर्माण गरेको हो । सिप्रदी अल्ट्रोजको चेसिसमा कम तौलको मेटलको प्रयोग गरिएको छ भने आकर्षक हेडलाइट र डे टाइम रनिंग लाइटको फिचर यसमा उपलब्ध रहेको छ । कारमा अल ब्ल्याक ड्याशबोर्ड र ३४१ लिटरको बुटस्पेश रहेको छ । ट्रेडिङ स्रोतका अनुसार हाल पेट्रोल इन्जिनमा सो कार उपलब्ध हुनेछ । सो कार एक्सएम, एक्सटी र एक्सजेड भेरिएन्टमा उपलब्ध हुनेछ ।


१७ इन्च अलोय ह्वील लगाइएको अल्ट्रोजको लम्बाई ३९८८ एमएम, चौडाई १७५४ एमएम र उचाई १५०४ एमएम रहेको भने यसको ह्वीलवेश २५०१ एमएम रहेको छ । अल्ट्रोजमा १.२ लिटर टर्बोचार्ज थ्री सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । जसमा ११९९ सीसीको इन्जिन जडान छ, जसले १०२ बीएचपीको पावर र १०२ एनएम टर्क जेनेरेट गर्छ । कारमा एन्ड्रोइड अटो र एप्पल कारप्लेका साथै ७ इन्चको फ्रि–स्ट्यान्डिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम छ ।


बाहिरी भागमा प्रोजेक्टर हेडल्याम्प, एलईडी डीआरएल, फ्रन्ट र रियर फगल्याम्प र रियर डिफगर जस्ता फिचर उपलब्ध छन् । सो कारमा क्रुज कन्ट्रोल, आइडल स्टार्ट स्टप, रेन सेन्सिङ वाइपर, अटो हेडल्याम्प र एम्बिएन्ट मुड लाइटनिङ जस्ता सेगमेन्ट लिडिङ फिचर छन् । टाटा मोटर्स नेपालको फेसबुक पेजमा यसलाई Class' is something found not too often भनेर संकेत पनि गरिएको छ । कम्पनीले ल्याउने उक्त ह्याचव्याक कारले मारुती सुजुकी बलेनो र हुन्डाई इलाइट आई २० सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

Our latest comments