Home / Blogs / लकडाउन पछि सार्वजनिक हुने भयो बीएस ६ सुजुकी भी–स्ट्रोम ६५०
  • Upcoming Bikes
  • 0

लकडाउन पछि सार्वजनिक हुने भयो बीएस ६ सुजुकी भी–स्ट्रोम ६५०

Nepal Auto Trader

Share this News

image

सुजुकीले बीएस ६ सुजुकी भी–स्ट्रोम ६५० एक्सटी एड्भेन्चर बाइकको टिजर वेबसाइटमा सार्वजनिक गरेको छ । सो बाइक कहिले सार्वजनिक गर्ने हो यसको बारेमा कम्पनीले केही जानकारी दिएको छैन । तर लकडाउन पछि सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

सो बाइक ६४५ सीसी, प्यारालल ट्विन इन्जिनको साथमा उपलब्ध हुनेछ । कम्पनीले रिभाइज्ड पावर फिगरको लागि इन्जिनमा केही परिवर्तन गर्ने सम्भावना रहेको छ । बीएस ४ भर्सनमा ६४५ सीसी, लिक्विड कुल्ड, भी–ट्विन इन्जिन रहेको छ । जसले ७० बीएचपीको पावर र ६२ एनएमको टर्क जेनेरेट गर्छ ।

नयाँ सुजुकी भी–स्ट्रोम ६५० एक्सटीको केही फिचर बीएस ४ भर्सनको हुनेछ । सो बाइकमा एनालग डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एड्जस्टेबल विन्डस्क्रिन, लेवल–३ ट्रयाक्सन कन्ट्रोल, ईजी स्टार्ट सिस्टम र लो आरपीएम असिस्ट जस्ता फिचर हुनेछ ।

सुजुकी भी–स्ट्रोम ६५० एक्सटीमा पुरानो मोडलमा जस्तै फ्रन्टमा ४३ एमएम टेलिस्कोपिक फोक्र्स र रियरमा प्रिलोड एड्जस्टेबल मोनोसक सस्पेन्सन हुनेछ । बाइकको फ्रन्टमा ३१० एमएम ड्युअल डिस्क र रियरमा २६० एमएम डिस्क ब्रेक समावेश गरिएको छ । सो बाइकमा ड्युअल च्यानल एबीएस समावेश गरिएको छ ।

 

Our latest comments