Home / Blogs / सुजुकीको जिक्सर एसपी एबिएस बाइक नेपाली बजारमा

सुजुकीको जिक्सर एसपी एबिएस बाइक नेपाली बजारमा

Nepal Auto Trader

Share this News

image

सुजुकी मोटरसाइकल्सले आफ्नो लोकप्रिय मोडल ‘जिक्सर’ को नयाँ मोडल बजारमा ल्याएको छ। नेपाली बजारमा यस मोडलको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । 

कम्पनीले सुजुकी जिक्सर पछि यसमा सुरक्षा प्रविधि एबिएस थप गरी नेपाली बजारमा भित्राएको जनाएको छ। सुजुकीको यस भन्दा अगाडि लन्च भएको जीक्सर मोटरसाइकलको जस्तै यसको लुक्स छ। नयाँ थप कलर भने उपलब्ध गराइएको कम्पनीले जनाएको छ।  

ब्ल्याक गोल्ड डिजाईनको साथमा आएको नयाँ जीक्सर एसपी एबिएसमा नयाँ डबल डिस्क ब्रेक दिईएको छ । जिक्सरको फ्रन्ट ह्वीलमा सिंगल च्यानल एबिएस युनिट लगाइएको छ ।

१ सय ५४.९ सिसी सिंगल सिलिण्डर इन्जिनमा उपलब्ध छ, जसले १४.८ पिएस पावर र १४ एनएम टर्क जेनेरेट गर्छ । सबै मोडलमा ५ स्पिड म्यानुयल गेरबक्स दिइएको छ ।

कम्पनीले जिक्सरको मेकानिकल तथा आवरण सारसज्जामा भने कुनै परिर्वतन गरेको छैन । यसमा १५४.९ सीसी क्षमताको एयर कुल्ड सिङगल सिलिन्डर इन्जिन दिइएको छ ।

यसले ८ हजार आरपिएममा १४.८ बिपीएच तथा ६ हजार आरपिएममा १४ न्युटन मिटर टर्क उत्पादन गर्छ ।

१२ लिटरको फ्युल ट्यांक दिइएको यो बाइकले ४५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । जिक्सरमा फ्रन्टमा २६६ एमएमको तथा रियरमा २४० एमएमको डिस्क ब्रेक रहेको छ । यसको फ्रन्टमा १७ इन्चको अलाय ह्वील रहेको छ 






Our latest comments