Home / Blogs / नेपाली बजारमा आयो सुजुकी जिक्सरको २०१९ मोडल
  • Latest Bikes
  • 0

नेपाली बजारमा आयो सुजुकी जिक्सरको २०१९ मोडल

Nepal Auto Trader

Share this News

image

सुजुकी टु ह्वीलर्सले जिक्सर एसपी र जिक्सर एसएफ एसपी मोडलका बाइकलाई नेपाली बजारमा सार्वजनिक गरेको छ । जिक्सर एसपीको नेपाली बजारमा मूल्य २ लाख ९९ हजार  लगाइएको छ भने, जिक्सर एसएफ एसपीको मूल्य ३ लाख ७२ हजार तोकिएको छ ।

२०१९  जिक्सर एडिसनलाई कम्पनीले ब्ल्याक गोल्ड ड्युल टोन सेडमा ल्याएको छ भने फिउल ट्याङ्कीमा केही परिर्वतन गरेको छ । कम्पनीले जिक्सर एसपीलाई सिगंल च्यानल एबिएससहित बजारमा ल्याएको हो । यो बाइक नेपाली बजारमा एक मात्र कलरमा उपलब्ध रहेको छ । 

जिक्सर १५५ नयाँ डिजाइनका साथ नयाँ इन्स्टुमन्टे कल्सटर दिइएको छ । साथै यसको रेगुलर भर्सनमा रहेको हेलोजिनक हेडल्याम्पलाई एलइडी हेडल्याम्पले बिस्थापन गरेको छ । यसको सिगंल पिस सिटलाई हटाएर दुर्ई स्टेप सिट, नयाँ ग्रयाबरेल तथा एलइडी टेलल्याम्प दिइएको छ । 

पुरानो जिक्सरकै सम्पूर्ण मेकानिकल पाटर्स दिइएको यो बाइकमा १५५ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन दिइएको छ । जसले १४.८ पीएस पावर र १४ एनएम टर्क उत्पादन गर्छ । यी दुबै बाइकमा ५ स्पिड गियर दिइएको छ । यसको फ्रेम, सस्पेन्सन र ब्रेकमा समेत कुनै परिर्वतन गरिएको छैन । 

 १२ लिटरको फ्यूल ट्याङक दिइएको यो बाइकले ४५ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ । जिक्सरमा फ्रन्टमा २६६ एमएमको तथा रियरमा २४० एमएमको डिस्क ब्रेक रहेको छ । यसको फ्रन्टमा १७ इन्चको अलाय ह्वील रहेको छ । साथै सुरक्षा फिचरलाई मध्यनजर गर्र्दै डबल डिस्क ब्रेकसहित सिगंल च्यानल एबीएस दिइएको छ ।

यसले सीबी हर्नेट १६०, टीभीएस अपाचे आरटीआर १६० ४ भी, यामाहा एफजेड भी २ सँग प्रतिस्पर्धा गर्नेछ । 

Our latest comments