डुअल कलर टोनसहित सुजुकीको ‘इग्निस’ अब नेपाली बजारमा

सुजुकीको नयाँ जापानिज कम्प्याक्ट एसयुभी ‘इग्निस’ नेपाल आउने भएको छ। फरक बनोट र स्टाइलिस डिजाइन कारण यो गाडीले नेपाली उपभोक्ताको मन जित्ने कम्पनीको दावी छ । यो कार सिग्मा, डेल्टा, जीटा र अल्फा गरी चार भेरियन्टमा उपलब्ध हुने मारुति-सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटोकपले जनायो  ।

०१९ इग्निसमा रुफरेल्स र नयाँ सेफ्टी फिचर थप गरिएको छ । यसको अलावा अन्य कुनै ठूलो परिवर्तन भने गरिएको छैन ।  यसको क्याविन, डिजाइन र इन्जिन भने पुरानै रेगुलर मोडलको जस्तै रहेको छ । सुरक्षा फिचरमा ड्यूल फ्रन्ट–एयरब्याग, एबीएस, ईबीडी, सिट–बेल्ट रिमाइन्डर, हाई–स्पीड अलर्ट–सिस्टम सबै भेरियन्टमा उपलब्ध रहेको छ । रुफरेल भने जेटा र अल्फा भेरियन्टमा मात्रै उपलब्ध रहेको छ । 

यसमा दिइएको १.२ लिटर के–१२ पेट्रोल इन्जिनले ८३ बीएचपी उच्चतम पावर र ११३ एनएम–टर्क जेनरेट गर्छ । उक्त इन्जिनमा फाइभ–स्पीड म्यानूअल र फाइभ–स्पीड अटोमेटिक गियरबक्स दिइएको छ । यसमा २ लिटरको भीभीटी पेट्रोल इञ्जिन पनि दिइएको छ । यसमा ४ सिलिण्डर छन् । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसन हुनेछ । यसले प्रतिलिटर २०.८९ किलोमिटरको माइलेज दिने कम्पनीको दावी छ ।

पर्फेक्ट डिजाइनमा तयार भएको इग्निस नयाँ किसिमको कार चढ्न चाहानेहरुका लागि उत्कृष्ट विकल्प बन्ने देखिन्छ । जोसुकैले एकैपटकमा नोट गर्ने यसको आउट लूक नै हो । नेपाल सार्वजनिक नहुँदै यसको चर्चा भइरहेको छ । यसको एक्सटेरियरलाई हेर्दा कम्पनीले निकै मिहेनतका साथ यसलाई तयार गरेको भन्न गाह्रो पर्दैन । क्रोम एसेन्टसहितको फ्रन्ट ग्रील र एलईडी प्रोजेक्टरले यसलाई रेट्रो लुक्स दिएको छ ।

इन्टेरियरको कुरा गर्दा यो प्रिमियम एसयूभी बराबरको फिचर्सबाट सुसज्जित छ । यसमा यत्रा गर्दा ह्याचब्याकमा बसेको अनुभव हुने छैन । यसमा विभिन्न युटिलिटी फिचर्सहरु पनि छन् । पुस बटन स्टार्ट, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी लगायतका फिचर्सले गाडीमा यात्रा गर्नेलाई आनन्दित र सहज अनुभत गराउँछ । टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टमसहित इन्ड्रोइड अटो र एपल कार प्लेको सुविधा पनि इग्निसमा छ ।

इग्निस डुअल कलर टोनको साथमा आउनेछ । आफूलाई मनपर्ने कलरमा यो कार किन्न पाइनेछ । इग्निस तीन डुअल टोन शेड्समा आउनेछ । यो अपटाउन रेडको साथमा मिडनाइट ब्ल्याक, टिन्सेल ब्ल्यूको साथमा पर्ल आर्काटिक ह्वाइट र टिन्सेल ब्ल्युमा मिटनाइट ब्ल्याक कलरमा उपलब्ध हुनेछ । यो डुअल कलर टोन शेड्स जेटा र अल्फा भेरियन्टमा मात्रै दिइनेछ । पर्ल आर्काटिक ह्वाइट, सिल्की सिल्भर, अपटाउन रेड, टिन्सेल ब्ल्यु, ग्लिसनिङ ग्रे र अर्बल ब्ल्यु कलरमा पनि इग्निस किन्न पाइनेछ ।




Share Page

1 Comments

  1. 4 weeks ago review sữa ensure đức

    Bộ phận sữa ensure đức được cắt giảm lượng đường. http://www.eiliya95.ir/user/RubenGeiger9/

Write a comment

menu
menu