Home / Blogs / नेपाली बजारमा सुजुकी डिजायर आउने भएको छ; बुकिङ खुल्ला
  • Latest Cars
  • 0

नेपाली बजारमा सुजुकी डिजायर आउने भएको छ; बुकिङ खुल्ला

Nepal Auto Trader

Share this News

image

नेपालका लागि आधिकारीक वितरक सिजी मोटोकर्पले स्विफ्ट डिजायरको नयाँ अवतार नेपाली बजारमा ल्याउने भएको छ । सीजी मोटोकर्पले सेडान डिजायरको बुकिङ खुल्ला समेत गरेको छ । २०२१ डिजायरमा धेरै परिवर्तन भने गरिएको छैन जसमा नयाँ बम्पर र ग्रिल डिजाइन दिइएको छ भने बोल्ड र स्टाइलिस फ्रन्ट पनि समाबेश रहेको छ जसले गर्दा गाडी आधुनिक फिनिसमा रहने छ । बेस्ट इन क्लास फिचर र कम्फर्टले गर्दा नेपालमा यो सबैभन्दा बढी मन पराइएको कार बन्न सफल भएको छ ।


२०२१ डिजायरमा  के सिरिज ड्युअल जेट, फोर सिलिण्डर इन्जिन र ड्युअल भीभीटी बीएस६ इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ९० पीएस पावर र ४४०० आरपीएममा ११३ एनएम टर्क जेनेरेट गर्छ ।  सो गाडी ५ स्पीड म्यानुअल गियरबक्समा उपलब्ध हुनेछ । नयाँ डिजायरमा ३७ लिटरको इन्धन ट्याङ्क दिइएको छ भने यसको माइलेज २३.२६ किलोमिटर प्रतिलिटर रहेको कम्पनीले बताएको छ । डिजायरमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । 


सस्पेन्सको कुरा गर्दा नयाँ डिजायरमा गाडि म्याक फेरसन स्ट्रुट र पछाडि टोर्सियन बीम दिइएको छ । कम्पनीले यसमा स्टील र अलोय ह्वील गरी दुई अप्सन दिएको छ जसले गर्दा स्टील ह्वीलमा १४ इन्चको टायर लाग्छ भने अलोय ह्वीलमा १५ इन्चको टायर लाग्ने छ । कम्पनीले नेपाली बजारमा दुई भेरियन्ट भिएक्स र जेडएक्स ल्याउने छ  । दुबै भेरियन्टमा एलइडी टेलल्याम्प, एलइडी स्टपल्याम्प, बडी कलर डोर ह्याण्डल, बडी कलर ओआरभीएम रहने छ । भिएक्सआईमा स्टील ह्वील दिइएको छ र जेडएक्सआईमा अलोय ह्वील समाबेश रहने छ ।


नयाँ डिजायरमा सुरक्षाको लागि एबीएस, इबीडी, २ वटा एयरव्याग, रिभर्स पार्किङ सेन्सर, एन्टी थेप सेक्यूरिटी सिस्टम, फगल्याम्प, रियर डिफगर, आइएओ फिक्स चाइड सिट, रिटवेल्ट रिमाइन्डर, स्पीड सेन्सिटीभ डोर लक, स्पीड अलर्ट जस्ता सुविधाहरु पाउन सकिन्छ । डिजायरमा नयाँ १०.६७ सेन्टिमिटरको मल्टि इन्फर्मेसन टीएफटी डिस्प्ले पनि प्रयोग गरिएको छ । नयाँ ड्युअल टोन सिटले क्याबिनको आकर्षणलाई अझै धेरै बढाएको छ ।


नेपाली बजारमा सिजी मोटोकर्पले स्वीफ्ट डिजायर फेसलिफ्ट भिएक्सआई भेरियन्टको मूल्य ३४ लाख २९ हजार र जेडएक्सआईको ३७ लाख ७९ हजार रुपैयाँ तोकेको छ ।

Our latest comments