Home / Blogs / सार्वजनिक भयो दुई मोटर भएको इलेक्ट्रिक बाइक
  • Upcoming Bikes
  • 0

सार्वजनिक भयो दुई मोटर भएको इलेक्ट्रिक बाइक

Nepal Auto Trader

Share this News

image

इटालीको सोरियानो मोटोरीले पहिलो इलेक्ट्रिक बाइक सोरियानो ईभी गियागुराओ सार्वजनिक गरेको छ । गजब लुकमा उपलब्ध सो बाइक तीन भेरिएन्टमा उपलब्ध छ । तीनै भेरिएन्टका बाइकको स्टाइल स्पोर्ट्स बाइक जस्तो छ । सेरियानो गियागुराओ इलेक्ट्रिक बाइक निओ–रेट्रो डिजाइनमा उपलब्ध छ । यसमा राउन्ड हेडल्याम्प, स्लिक फेयरिङ, ठूलो विन्डस्क्रिन, ठूलो एयर इन्टेक, सिंगल साइडेड स्विङ आर्म र वाई स्पोक अलोय ह्विल छ ।

त्यसैगरी बाइकमा राम्रो ब्रेकिङका लागि पेरिफेरल ब्रेक र युनिक देखिने गर्डर स्टाइल सस्पेन्सन छ । यो बाइकको तीनै भेरिएन्टमा कम्पनीको ड्युओ फ्लेक्स इलेक्ट्रिक मोटर छ । यसको अर्थ यसमा दुई इलेक्ट्रिक मोटर छ । राइडरले आफ्नो आवश्यकता अनुसार धेरै पावरका लागि दुवै मोटर वा ब्याट्री बचाउनका लागि एक मोटर मात्र प्रयोग गर्न सक्छन् ।

बाइकको अन्य स्पेसिफिकेसनको वारेमा अहिले नै सार्वजनिक गरिएको छैन । यद्यपि यसले १३९ बीएचपीको पावर प्रदान गर्ने र यसको इलेक्ट्रिक पावरट्रेन ३–स्पिड ट्रान्समिसनयुक्त भएको बताइएको छ । बाइकमा ट्रयाक्सन कन्ट्रोल र कर्नरिङ एबीएस जस्ता फिचर पनि उपलब्ध छन् ।

सोरियानो मोटोरीले बाइकको रेन्जको वारेमा पनि आधिकारिक जानकारी दिएको छैन । तर पनि रिपोर्ट अनुसार सहरी क्षेत्रमा यसलाई एक पटक फुल चार्ज गर्दा करिव २ सय किलोमिटर चल्ने बताइएको छ । यसको टप स्पिड १८० किमी प्रतिघण्टा हुने अनुमान गरिएको छ । कम्पनीले आगामी नोभेम्बर महिनामा हुने ईआईसीएमए मोटरसाइलक शो मा सो बाइक प्रदर्शन गर्ने तयारी गरिरहेको छ । सो अवसरमा बाइकको स्पेसिफिकेसन र अन्य फिचर समेत धेरै कुरा सार्वजनिक हुने अनुमान गरिएको छ ।

Our latest comments