होन्डा क्रसओभर डब्ल्यूआरभीको फेसलिफ्ट छिट्टै सार्वजनिक हुने

कोरोना भाइरसको कारण बजारमा बिक्री सुरु हुन नसकेको होन्डाको क्रसओभर ह्याचव्याक कार डब्ल्यूआरभीको फेसलिफ्ट अब चाँडै बिक्री सुरु हुने भएको छ । कम्पनीले ल्याउन लागेको डब्ल्यूआरभीको फेसलिफ्ट मोडल अबको केही दिनमा बिक्री सुरु हुने भएको हो ।

होन्डा डब्ल्यूआरभी बजारमा निकै रुचाईएको क्रसओभर गाडी हो । यसको फेसलिफ्टमा कम्पनीले अगाडीको बम्पर, स्लेटट फ्रन्ट ग्रिल, एलइडी प्रोजेक्टर हेडल्याम्प र टेल ल्याम्प दिइएको छ । यसको इन्टेरियरमा पनि थुप्रै परिमार्जन गर्न सकिन्छ ।

कम्पनीले डब्ल्यूआरभीलाई बीएस ६ मापदण्डको डिजेल र पेट्रोल दुबै इन्जिनमा ल्याउने जनाएको छ । यसमा १.२ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिन दिइएको छ । यसमा रहेको पेट्रोल इन्जिनले ९० बीएच पावर र ११० एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

साथै, यसमा १.५ लिटर डिजेल इन्जिनले १०० बीएच पावर र २०० एनएम टर्क प्रदान गर्छ । यसमा भने ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।नेपाली बजारमा स्याकार ट्रेडिङ कम्पनीले बिक्री गर्दै आएको बीएस ४ मापदण्डको डब्ल्यूआरभीको दुई भेरियन्ट बिक्री हुँदै आएको छ । डब्ल्यूआरभी एसएमटीको मुलय ४३ लाख ९० हजार र डब्ल्यूआरभी भीएक्सएमटीको मूल्य ४८ लाख ९० हजार रहेको छ ।

त्यसैगरि डिजेल इन्जिनयुक्त डब्ल्यूआरभीको एसएमटी भेरियन्टको मूल्य ४८ लाख ३० हजार र भिएक्सएमटी भेरियन्टको मूल्य ५३ लाख ६० हजार रुपैयाँ रहेको छ । नयाँ फेसलिफ्ट डब्ल्यूआरभी भारतमा सार्वजनिक भएको केही समयपछि नेपाली बजारमा आउने छ ।

Share Page

0 Comments

Write a comment

menu
menu