Home / Blogs / रोयल इन्फिल्डका दुई कलर भेरिएन्ट नेपाली बजारमा सार्वजनिक
  • Latest Bikes
  • 0

रोयल इन्फिल्डका दुई कलर भेरिएन्ट नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स भेरिएन्टका दुई कलर नेपाली बजारमा सार्वजनिक भएका छन् । नेपालका लागि आधिकारिक वितरक विवेक अटोमोबाइल्सले आइतबार देखि यो बाइकको बिक्री प्रारम्भ गरेको पनि जनाएको छ । अन्तत रोयल इन्फिल्डले आफ्नो सबै भन्दा लोकप्रिय मोडल क्लासिक ३५० को सिग्नल्स भेरिएन्ट अन्तर्गत दुई नयाँ आकर्षक रङ्गहरु एयरबर्न ब्लु र स्टोर्मराइडर स्यान्ड केही दिन अघी सार्वजनिक गरेको हो  । आफ्नो गौरबमय इतिहासलाई निरन्तरता दिदै सो  मोटरसाइकल नेपाली बजारमा उतारेको रोयल इन्फिल्डले जनाएको छ ।


रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स भेरिएन्टका सो मोटरसाइकलमा थप सुरक्षाको लागि ड्युअल च्यानल एबीएस पनि रखिएको छ । बीएस फोर संस्करण अन्तर्गत आधारमा निर्मित सो मोटरबाइकमा  रेट्रो लुक्स र् म्याट फिनिस भएको कम्पनिले जनाएको छ । सो मोटरबाइकको नेपाली मुल्य ५ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । हिजको दिन अथवा आइतबार देखि यसको बुकिङ तथा विक्री वितरण सुरु गरिएको कम्पनीले जनाएको छ । रोयल इन्फिल्ड क्लासिक ३५० मोडलका मोटरसाइकलहरु एक्दमै  सरल हुनुका  साथ साथै मज्बुत पनि छन ।  सो मोटरसाइकलले युवा देखि वृद्ध सम्म सबैको मन जितिरहेको र आगामी दिन्हरुमा अझ धेरै मानिसहरुको मनमा बस्ने कम्पनीको भनाइ छ ।


रोयल इन्फिल्ड क्लासिक ३५० को इन्जिन, अगाडि र पछाडिको मडगार्ड, हेडलाइटको केसिङ, फ्युल ट्यांक, ओभल टुलबक्स, एक्जस्ट फिन, स्पिडोमिटर डायल्स, सिंगल सिट, स्प्रिङ स्याडल, टेललाइट एसेम्बली र हेडलाइट जस्ता थुप्रै बिशेषताहरु रहेका छन । सो मोटरबाइकमा डुअल च्यानल एबिएस, एलइडी डिआरएल वाला सर्कुलर हेलोजिन हेडल्याम्प, एलइडी टेल ल्याम्प लगायतका फिचर्स दिएइको छ।  रोयल इन्फिल्डको सो मोटरबाइक नेपाली बजारमा एकदम प्रख्यातहुने कम्पनीको  धारणा रहेको छ । कम्पनीकाे सो नयाँ दुइवटा ब्रान्डको मद्दतले नेपाली अटोमोवाइल क्षेत्रमा बलियो उपस्थिती जनाइरहेको छ। 




Our latest comments