डुअल एबीएससहितको रोयल इन्फिल्ड क्लासिक ३५० अब नेपालमा

नेपाली बजारमा ड्युअल च्यानल एबीएस सहितको रोयल इन्फिल्ड क्लासिक ३५० सीसी बाइक भित्रिएको छ । ‘रोयल इनफिल्ड’को नेपालका लागि आधिकारिक बिक्रेता एभभी दुगड ग्रुपको विवेक अटोमोबाइल्सले रोयल इनफिल्डको अत्याधिक लोकपि्रय मोडल क्लासीक ३५० सी.सी. डुअल एबीएससहितको बीएस आईभी नेपाली बजारमा सार्वजनिक गरेको हो  ।

रोयल इन्फिल्ड क्लासिक ३५० नेपाली युवाहरुको ड्रिम र अत्यन्त लोकप्रिय ब्राण्ड हो । यसले युवाहरु, व्यावसायिक तथा सौखिन समूहको मन जितिरहेको छ । हालथपिएको डुअल च्यानल एबीएसका कारण ट्राभल, दैनिक राइडिङका लागि सुरक्षित भैरहेको रोयल रोयल इनफिल्ड अब झन सुरक्षित हुने कम्पनी बताउँछ ।

सो बाइकमा फ्युल इन्डिकेटर, हेडलाइट केसिङ, ड्युअल डिस्क ब्रेक, ओभल टुल बक्स, एक्जस्ट फिन्स, स्पिडोमिटर डायल, सिंगल सिट स्प्रिङ, स्याडल टेललाइट एसेम्बली र हेडलाइट क्याप देख्न सकिन्छ । हाल थप गरिएको ड्युअल च्यानल एबीएसका कारण दैनिक राइडिङमा सुरक्षित भइरहेको रोयल इन्फिल्डको बाइक अझै सुरक्षित हुने कम्पनीले दावी गरेको छ ।

ड्युअल च्यानल एबीएस सहितको बीएस फोर रोयल इन्फिल्ड क्लासिक ३५० को मूल्य केही समयका लागि ६ लाख रुपैयाँ तोकिएको छ ।  रोयल इनफिल्ड क्लासिक डुअल च्यानल एबीएससहितको बीएस आईभीको १९वटै शाखा तथा डिलरबाट बिक्री एवं विक्री पछि सेवाहरु प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।


Share Page

1 Comments

  1. 1 month ago Cách vệ sinh điều hòa Panasonic

    Vệ sinh định kỳ dàn nóng và dàn lạnh máy điều hòa. http://ru.pravoteka24.com/user/Melva13J5560236/

Write a comment

menu
menu