रेनोले आफ्नो चर्चित ह्याचव्याक कार क्वीडमा आधारित रहेर नयाँ सेडान कार उत्पादन गर्ने तयारी सुरु गरेको जनाएको छ । भारतमा उत्पादन वृद्धि गर्ने लक्ष्यकासाथ कम्पनीले नयाँ सेडान कार ल्याउन लागेको हो ।
रेनोले सन् २०२० मा आफ्नो चर्चित मोडल डस्टरको फेसलिफ्ट र क्याप्चरको फेसलिफ्ट ल्याउने यसअघि नै जानकारी दिएको थियाे । साथै, सब फोर मिटर एसयूभी सेग्मेन्टमा ‘रेनो किगर’ चाडपर्वको मुखमा ल्याउने यसअघि नै घोषणा गरिसकेको छ ।
कम्पनीले आागामी अक्टोबरसम्मका किगरलाई बजारमा उतार्ने छ । त्यसपछि मात्रै सेडान कार ल्याउने छ । कम्पनीले ल्याउने सेडान कारले बजारमा मारुती सुजुकी डिजायर, हुन्डाई आउरा, टाटा टिगोर, होण्डा अमेज, फोर्ड एस्पायर जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
फ्रान्सेली कार निर्माता कम्पनीले ल्याउने नयाँ सेडान कारको मूल्य ५ लाख ५० हजारदेखि ९ लाख भारतीय रुपैयाँसम्म मूल्य रहने अनुमान सुरु भएको छ । उक्त नयाँ कारमा १.० लिटर टर्बोचार्ज्ड इन्जिन दिइने छ । साथै उक्त इन्जिनमा ५ स्पीड म्यानुयल र ५ स्पीड अटोमेटिक गियरबक्स रहने छ ।
PREVIOUS NEWS
NEXT NEWS