Home / Blogs / नाडा अटो शो नहुने सम्भावना बढ्यो
  • Auto News and Updates
  • 0

नाडा अटो शो नहुने सम्भावना बढ्यो

Nepal Auto Trader

Share this News

image

सवारी साधनको कुम्भ मेला मानिने नाडा अटो शो यो वर्ष नहुने सम्भावना बढेको छ।

गत शुक्रवार नाडाको बैठकमा अटो शो गर्न नसकिने कुरा उठेको नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका महासचिव सुनिल रिजालले जानकारी दिए।

‘हामीले प्रदर्शनी हलको बुकिङ त पोहोर साल नै गरिसकेका छौ तर कोरोनाको संक्रमण बढ्न नदिन पनि यो वर्ष अटो शो गराउन कठिन छ,’ रिजालले भने।

विगतमा कमिटी गठन र कार्य विभाजन ३ महिना अघिदेखि नै भएपनि यो वर्ष लकडाउनको कारणले व्यवसायी अन्यौलमा परेको उनले बताए।

सवारी साधनले नेपालको अर्थतन्त्र चलायमान बनाउने र अटो शोले त्यसमा थप टेवा पुर्याउने हुँदा यो प्रदर्शनी स्थिगित गर्दा देशको अर्थतन्त्रमै असर गर्ने उनको तर्क छ।

SOURCE:

Our latest comments