Home / Blogs / पल्सर १२५ अब नेपालमै बन्ने भयो
  • Latest Bikes
  • 0

पल्सर १२५ अब नेपालमै बन्ने भयो

Nepal Auto Trader

Share this News

image

 पछिल्लो समय नेपाली बजारमा युवा माझ सबैभन्दा लोकप्रिय मोटरसाइकल पल्सर नेपालमै उत्पादन गर्ने तयारी थालिएको छ ।बजाज नेपाली बजारमा मोटरसाइकलको पर्यावाची नाम हो । अहिले नेपाली बजारमा पल्सर ब्रान्ड नेमबाट बिक्री हुँदै आएको १५०, १६०, २००, र २२० सीसी इन्जिन क्षमताका मोटरसाइकल छन् । अब १२५ सीसी पल्सर नेपालमा नै उत्पादन गर्ने तयारी गरेको छ । 

बजाज अटो क्राफ्टले नेपालमा बजाजका मोटरसाइकल उत्पादन सुरु पनि गरिसकेको छ । निकै लामो समयदेखि उत्पादन सुरु हुने कुरा आएपनि उत्पादन सुरु हुन सकेको थिएन । नेपाली बजारमा बजाजका उत्पादनको एसेम्बल्ड गर्दै आएको हुलास अटो क्राफ्टले पल्सर १२५ पनि नेपालमा नै बनाउने भएको हो । यद्यपी कहिलेबाट यसलाई बजारमा ल्याउने भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।

हंशराज हुलासचन्द एन्ड कम्पनीले बजाजका मोटरसाइकललाई नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । यस्तोमा नयाँ पल्सर १२५ ले चाँडै नेपाली बजारमा उत्पादन हुने अनुमान गरिएको छ । यसले मोटरसाइलका पारखिलाई नयाँ स्वाद दिन सक्ने छ । बजाज अटोले सन् २००१ बाट पल्सरको उत्पादन सुरु गरेको हो । कम्पनीले अहिलेसम्म १ करोड युनिट पल्सर बिक्री भएको जनाएको छ । 

यो मोटरसाइकलमा कम्पनीले क्लास लिडिङ फिचर दिएको छ । मोटरसाइकललाई सार्प र स्पोर्टी बनाउन क्लिप अन ह्यान्डलवार दिइएको छ । ५ स्पीड गियरबक्सको साथ आएको यो बाइकलाई प्राइमरी किक्सको सहयाताले कुनै पनि गियरमा क्लच दवायर चालकले स्टार्ट गर्न सक्नेछ ।यसको अर्को मुख्य विशेषता उच्च गतिमा पनि कम हल्लने र आवाज कम आउने रहेको छ । अहिले भारतमा कम्पनीले यो मोटरसाइकललाई तीन कलर अप्सनमा बजारमा ल्याएको छ ।

नियोन ब्ल्यू, सोलार रेड र प्लाटिनम सिल्भर कलरमा आएको यो बाइक सेग्मेन्ट लिडर हुने दाबी कम्पनीले गरेको छ । नयाँ मोटरसाइकल सार्वजनिक गर्दै बजाज अटोका प्रेसिडेन्ट साराङ कनाडेले भने ‘१२५ सीसी क्षमतामा पल्सरलाई बिक्री सुरु गर्न पाउँदा हामी निकै खुसी छौं । प्रिमियम कम्यूटर्स सेग्मेन्टमा यो बाइकले नयाँ बेन्चमार्क तय गर्नेछ ।

यो मोटरसाइकलमा १२५ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ । पल्सर १५० मा आधारित यो मोटरसाइकल अन्य मोटरसाइकलभन्दा सस्तो मूल्यमा बजारमा आउने छ । यसमा उपलब्ध एयरकुल्ड डिटीएसआई इन्जिनले १३ बीएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ ।

रामग्रामस्थित प्लान्टबाट १२५ सिसी डिस्कभरको उत्पादन सुरु भएको हो। अहिले उक्त प्लान्टबाट दैनिक करिव ३० वटा बाइक उन्पादन हुने गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर गोल्छाले जानकारी दिए। ‘अहिले १२५ सिसीको डिस्कभर मोटरसाइकल उत्पादन सुरु भएको छ, अन्य तयारी पुरा भएपछि १ सय ५० सिसीको पल्सर र प्लाटिना मोटरसाइकल उत्पादन हुन्छ’ उनले भने।



Our latest comments