नेपालमा सडकको हालत निकै खराब छ। खाल्डाखुल्डी तथा धुलो उड्ने सडकमा दुई पाङ्ग्रे सवारी साधन चलाउन सकसपूर्ण छ। छोटै यात्रामा पनि दुई पाङ्ग्रेका चालकलाई दिक्दार बनाउँछ। घाम लाग्दा होस् वा पानी पर्दा, सबैभन्दा बढी दुःख बेहोर्ने दुई पाङ्ग्रेका चालकहरु नै हुने गर्छन्।
दुई पाङ्ग्रे साधनको यही समस्यालाई न्युनीकरण गर्न ‘स्कुटर अम्ब्रेला’ प्रचलनमा आएको छ। आजकाल राजधानीको यस्ता अम्ब्रेलायुक्त स्कुटरहरु बाक्लै देखिन थालेको छ। सडकमा देखिन थालेको धेरै नभएता पनि यसको बनावट र उपयोगीताले गर्दा धेरैको ध्यान तानिरहेको छ।
बिशेषतः स्कुटरलाई लक्षित गरी बनाइएको स्कुटर अम्ब्रेला सिधा सिट भएको बाइकमा समेत प्रयोग गर्न सकिने ‘मेरो सपिङ डट कम’का प्रमुख कार्यकारी अधिकृत सीताराम रिमालले जानकारी दिए। यसलाई नेपालमा ल्याउनुभन्दा पहिले अफूहरुले टेस्ट गरेको रिमालले जानकारी दिए।
स्कुटर अम्ब्रेलाको प्रचलन चाइनामा दुई बर्ष अगाडिदेखि नै भए पनि नेपालमा भने भर्खरै भित्रिएको हो। यसलाई भारतमा पनि निकै मन पराइएको दाबी छ।
यसमा रेनकोटमा प्रयोग हुने उच्च गुणस्तरको रबर र प्लाष्टिक प्रयोग हुने भएकोले च्यातिने समस्या नहुने उनको दाबी छ। सामान्य प्रयोग गर्दा यो दुईतीन बर्ष टिक्ने उनी बताउँछन्। यो अम्ब्रेला जडान गर्न र निकाल्न गाह्रो नहुने बताइएको छ। यसको मूल्य १ हजार ८ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।
यसले सडकमा स्कुटर लिएर हिँड्दा सिधा आउने धुलो छेक्छ। गर्मी मौसममा छाताको काम गर्छ। त्यस्तै, जाडोमा चिसो हावा छेक्छ। यसको मुख्य विशेषता भनेको बर्षामा पानी छेक्ने रहेको छ । बर्षात्को समयमा पानी छेक्नको लागि यसको चौडाइलाई त्यही अनुसार डिजाइन गरिएको छ ।
PREVIOUS NEWS