Home / Blogs / अदालतको आदेशविपरित टुटल पठाओको सेवा रोक्न सूचना
  • Auto News and Updates
  • 0

अदालतको आदेशविपरित टुटल पठाओको सेवा रोक्न सूचना

Nepal Auto Trader

Share this News

image

उच्च अदालत पाटनले दिएको आदेश विपरित यातायात व्यवस्था विभागले राइड सेयरिङ कम्पनी टुटल, पठाओको सेवा अवरुद्ध पार्ने चेतावनीसहितको सूचना प्रकाशित गरेको छ। विभागले यातायात व्यवस्था ऐन विपरित हुने भन्दै निजी सवारी साधानबाट भाडा उठाउनेगरी सेवा सञ्चालन गर्न नहुने बताएको छ। विभागले यदि कसैले रातो नम्बर प्लेटको सवारीमा भाडा लिएर चलाएको पाइएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ। तर विभागका महानिर्देशक गोगनबहादुर हमालले भने टुटल पठाओको सेवा रोक्ने सूचना नभएको बताए।

'उनीहरुले एपमा आधारित रहेर सेवा दिइरहेका छन्। कार र ट्याक्सी पनि चलाएका छन्। तर हामीले निजी सवारीमा जथाभावी भाडा लिएर चलाउन नहुने सूचना जारी गरेका हौँ' उनले भने। तर विभागको सूचना भने टुटल पठाओको सेवा लक्षित रहेको छ। हमालले टुटल पठाओ लक्षित सूचना आफूहरुले जारी नगरेको बताए। 'उक्त सेवा प्रदेशमा पर्छ। हामीले त अन्तर प्रदेश सवारीको मात्र नियमन गर्ने हो। हाम्रो सूचनालाई त्यहीअनुसार बुझिदिनुपर्छ' उनले भने।

टुटल पठाओको सेवा रोक्न माग गर्दै ट्याक्सी व्यवसायीहरुले हालेको मुद्दामा सुनुवाई गर्दै उच्च अदालत पाटनले केही समयअघि सेवा रोक्न नहुने बरु नियम कानून बनाएर नियमन गर्न सरकारका नाममा आदेश दिएको थियो। अदालतको आदेशपछि ट्याक्सी व्यवसायीहरुले टुटल पठाओ विरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन्।

SOURCE:

Our latest comments