Home / Blogs / पूर्व युवराज पारस शाहले चलाउने बाईक
  • Bike Reviews
  • 0

पूर्व युवराज पारस शाहले चलाउने बाईक

Nepal Auto Trader

Share this News

image

केही बर्ष यता नेपाल का पूर्व युवराज पारस शाहले एउटा बाईक चलाएको भिडियो ईन्टरनेटमा भाइरल भएको थियो । हेर्दै महँगो देखिने त्यो बाईक कुन कम्पनिको हो र त्यसको मुल्य कती पर्छ भन्ने कौतुहलता सबैमा जाग्न सक्छ |  यसै कौतुहलता मेटाउन हार्ली डेविडसन कम्पनीको हेरिटेज शफ्तटेल - १९९५ र यसका विशेषताहरु को बारेमा जानौ |   

हार्ली डेविडसन कम्पनीको हेरिटेज शफ्तटेल - १९९५ नाम गरेको यो बाईकको अन्तराष्ट्रिय मुल्य करिब् $१८,९९९ छ |  भि-२ फोर-स्त्रोक ईन्जिनको प्रयोग गरिएको यस  बाईकको शक्ति ४८ होर्स पावर हो भने यसको तोर्क क्षमता ८६.३ निउटन मिटर छ। मल्टी भल्ब ईन्जिन भएकोले यसमा दुईवटा भल्ब पर सिलिन्डर प्रयोग गरिएको छ। ५-स्पीड् गेर-बक्स भएको यस बाईकको अगाडि र पछाडिका दुवै  ब्रेकमा सिङ्गल डिस्क ब्रेक प्रणालीको प्रयोग गरिएको छ | यो मोटरसाइकल / मोटर-बाइकको वजन ३२२ किलो छ भने यस बाईकको  सिटको उचाइ २६.५ इन्च रहेको छ। एअर कूलिङ सिस्टम भएको यस बाईकमा एलेक्त्रिक स्टार्टरको पनि सुबिधा जडान गरिएको छ। 

यो बाईक हेर्दा र यसको आवज सुन्दा र यसलाई चलाउंदाको अनुभव शायद अरु कुनै बाईक भन्दा भिन्न होला र सायद यस मोटर-बाइकले झल्काउने बिलाशिता र जीवनस्तरको परिकल्पना अरु कुनै मोटरसाइकलले  मेटाउन नसक्ला | सयाद यसै विशेषताको कारणन  नेपालका पूर्व युवराज पारस शाहलाई यस बाईक प्रति मोह होला | र, सायद यहि मोहका कारणनै  होला हरेक सामाजिक संजालमा पूर्व युवराज पारस शाह यहि महँगो बाईकमा सवार हुदैँ गरेको थुप्रै भिडीयोहरु बढ्दो-क्रममा भाइरल हुदैँ गरेको देख्न सकिन्छ।

Our latest comments