ओराको इलेक्ट्रीक कार गुड क्याट नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारीक वितरक भिजी इम्पेक्सले ओराको इलेक्ट्रीक कार गुड क्याट नेपाली बजारमा भित्राएको जनाएको छ । सो कारलाई जनवरी २०२२ को अन्तिमसम्ममा विक्री सुरु गर्ने अनुमान गरिएको छ । इलेक्ट्रीक कार गुड क्याट विभिन्न तीन भेरियन्टमा नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । चिनियाँ उत्पादन नेपाली बजारमा केही समयअघि देखी बिक्री तथा बितरण हुँदै आएका छन ।
ओरा गुड क्याटमा दुई व्याट्री अप्सन दिइएको छ । यसको इन्ट्री भेरियन्टमा ४८ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री दिइएको छ भने टप भेरियन्टमा ६३ किलोवाट आवरको व्याट्री रहेको छ । सो कारमा १२६ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । यसमा रहेको सबैभन्दा सानो व्याट्री प्याकले एक पटकको फुल चार्जमा अधिकतम ३३६ किलोमिटर रेञ्ज प्रदान गर्छ भने ठूलो व्याट्री प्याकले ४२० किलोमिटर रेञ्ज प्रदान गर्दछ । सो इलेक्ट्रिक कारमा ८०० भोल्ट सुपर–फास्ट चार्जिङ टेक्नोलोजीको प्रयोग गरिएको छ ।
गुड क्याट इलेक्ट्रीक कारमा सबै लईडी लाइटहरु पाउन सकिन्छ भने यसमा पनि क्वाड डीआरएल दिइएको छ । सो कारमा १८ इन्चको अलोय ह्वील, उत्कृष्ट इन्फोटेन्टमेन्ट सिस्टम, पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा जस्ता धेरै बिशेषता पाउन सकिन्छ । सो कारको लम्बाई ४२३५ एमएम, चौडाई १८२५ एमएम, उचाई १५९६ एमएम रहेको छ । यसमा २६५० एमएमको ह्वीलवेस र १२० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । १५१० केजी वजन रहेको सो इलेक्ट्रिक कारमा अन्य धेरै फिचरहरु समाबेश गरिएको छ ।
भिजी इम्पेक्सले गुड क्याटलाई विभिन्न तीन भेरियन्टमा नेपाल भित्राएको छ । ओरा गुडक्याटको सबैभन्दा तल्लो भेरियन्टको मूल्य ३९ लाख ९९ हजार ९९९, ओरा गुडक्याट मिडियमको ४३ लाख ४९ हजार ९९९ र ओरा गुडक्याट हाई भेरियन्टको ४७ लाख ९९ हजार ९९९ नेपाली बजार मुल्य निर्धारण गरिएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।