हुण्डाईको ‘आई-२० एक्टिभ फेसलिफ्ट २०१९ अब नेपाली बजारमा

नेपालमा हुन्डाईको आई ट्वेन्टी एक्टिभ फेसलिफ्ट २०१९ भित्रिएको छ । गत महीनामा भारतमा लञ्च भएको यो मोडेल नेपाली बजारमा बहुप्रतीक्षित रहेको कम्पनीले जानकारी दिएको छ । नयाँ हृयुण्डाई ‘आई-२० एक्टिभ’ छरितो बाहिरी आवरण र सहज भित्री डिजाइनको साथ आएको छ । ‘आई-२० एक्टिभ’ को समग्र डिजाइन भने उस्तै राखिएको छ । 

नयाँ हुन्डाईको आई ट्वेन्टी एक्टिभकोे बाहिरी आवरण छरितो हुनुका साथै भित्री डिजाइनमा पनि उपभोक्तालाई सहज हुने गरी बनाइएको छ । यसमा बाहिरी लुकलाई राम्रो बनाउन बडी क्लेडिङ र रूफ रेल्सजस्ता विशेषता रहेको छ । प्रिमियम लुक भएको यो मोडेल पहिलेको आई ट्वेन्टी एक्टिभलाई जस्तै ग्राहकले रुचाउने कम्पनीले विश्वास लिएको बताएको छ ।

आई २० एक्टिभमा  १.२ लिटर क्षमताको कापा पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ८२ वीएचपी पावर दिन्छ  । यो कारको ड्यासबोर्ड पूर्ण गाडा कालो कलरमा रहेको छ । यो कारले १७.१९ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । कम्पनीले यसमा १६ इन्चको डायमन्ड कट अलोय ह्वीलको साथ रेडिएल ट्युवलेस टायर दिएको छ ।  यस कारको लम्बाई ३९९५ एमएम रहेको छ भने चौडाई १७६० र व्हीलबेस २५७० एमएम रहेको छ । आई–२० एक्टिभको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ । 

दमदार लुकको लागि बडी क्लेडिङ र रुफ रेल्सको विशेषता दिइएको छ । प्रिमियम लुक भएको यो मोडेलले पहिलेको आई-२० एक्टिभ ले झै ध्यानाकर्षण गर्ने र रुचाउने अपेक्षा गरेको छ । सुरक्षाको मापदण्ड अनुरुप यसमा एबीएस र एअरब्यागस्को विशेषता छ भने पि्रमियम फिचरको रुपमा स्टेरिङ अनुकुली पछाडि देखिने क्यामराको साथ पछाडिको लागि पार्किङ सेन्सर पनि छ ।

उत्कृष्ट र सफा डिस्प्लेको लागि यसमा अझ राम्रो टच् भएको इन्फोटेन्मेन्ट सिस्टम छ । यो आर १६ डाइमण्ड कट् एलो व्हीलको साथ आउँछ ।आई ट्वेण्टी एक्टिभ वेस र एस गरी दुई भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः ३३ लाख ९६ हजार र ३७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । हुन्डाईका कार नेपाली बजारमा लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री गर्दै आएको छ । 



Share Page

0 Comments

Write a comment

menu
menu