Home / Blogs / एमजी हेक्टर प्लस अब छिट्टै सार्वजनिक हुने
  • Upcoming Cars
  • 0

एमजी हेक्टर प्लस अब छिट्टै सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

एमजी मोटरले एमजी हेक्टर प्लसको लिस्ट आफ्नो  वेबसाइटमा समाबेश गरेको छ । सो एसयूभी कम्पनीले चाँडै नै सार्वजनिक गर्ने तयारीमा रहेको छ । नेपाली बजारमा नयाँ हेक्टर प्लस कम्पनीको तेस्रो कार हुनेछ । पुरानो मोडलको भन्दा नयाँ मोडल अलि महँगो हुनेछ ।

नयाँ एमजी हेक्टर प्लस कम्पनीको हेक्टर एसयूभीको प्लेटफर्ममा आधारित हुनेछ । यद्यपि सो कारको फ्रन्टमा केही परिवर्तन गरिएको छ । यसमा क्रोम बोडर रिप्लेस गरिएको छ, ग्रिलको अगाडि ग्लोसी ब्ल्याक ग्रिल, नयाँ एलईडी डेटाइम रनिङ ल्याम्प समावेश गरिएको छ । सो एसयूभीमा नयाँ फ्रन्ट र रियर बम्पर समावेश गरिएको छ । नयाँ रियर टेलल्याम्प डिजाइन र रिभाइज्ड स्किड प्लेट्स समावेश छ ।

इन्टेरियरको कुरा गर्ने हो भने नयाँ हेक्टर प्लसमा तीन लहर हुनेछ । यसको इन्टेरियर फक्स लेदर अपहोल्स्ट्री, बेज हेडलाइनर, रिभाइज्ड ड्यासबोर्ड र टेन प्यानल हुनेछ । यसमा ६ सीटर र ७ सीटर लेआउटको विकल्प पनि समावेश छ ।

यसको साथै थर्ड रो प्यासेन्जरको लागि एयर भेन्ट्स, रियर एसी भेन्ट्स र सबै प्यासेन्जरको लागि एड्जस्टेबल हेडरेस्ट समावेश गरेको छ । सो कारमा कनेक्टिड कार टेक्नोलोजी, १०.४ इन्च टचस्क्रिन युनिट समावेश छ ।

एमजी हेक्टर प्लस एसयूभीमा २.० लिटरको डिजेल बीएस६ इन्जिन समावेश छ । अर्काे १.५ लिटर माइल्ड हाइब्रिड पेट्रोल इन्जिन छ । यी दुबै इन्जिन ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्डको साथमा ड्युअल क्लच अटोमेटिक ट्रान्समिसनको विकल्प रहेको छ ।



 

Our latest comments