Home / Blogs / होन्डाको नयाँ मोटरसाइकल ‘लिभो’ बजारमा ल्याउने तयारी
  • Upcoming Bikes
  • 0

होन्डाको नयाँ मोटरसाइकल ‘लिभो’ बजारमा ल्याउने तयारी

Nepal Auto Trader

Share this News

image

होन्डाले कम्यूटर सेग्मेन्टमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले एक टिजर मार्फत छिट्टै नयाँ मोडल सार्वजनिक गर्ने संकेत गरेको हो । होन्डाले नयाँ मोटरसाइकल ‘लिभो’ बजारमा ल्याउने तयारी गरेको हो ।

होन्डा लिभो बीएस-६ इन्जिनमा आउने छ । होन्डा सीडी ११० र साइनको बीचमा रहेको अन्तर पुरा गर्न यो मोटरसाइकल ल्याउन लागेको हो । कम्पनीका अनुसार यो मोटरसाइकल बीएस ४ भर्सनभन्दा ६ हजार भारतीय रुपैयाँले महंगो हुनेछ । यसको मूल्य ६४ हजार भारतीय रुपैयाँ तोकिने अुनमान गरिएको छ ।

यसको डिजाइनमा केही परिर्वतन गरेको कम्पनीले जनाएको छ । यसमा नयाँ सेमिडिजिटल इन्स्ट्रुमेन्ट कल्स्टर प्रयोग गरिएको छ । एनालग स्पीडो मिटर, डिजिटल फ्यूल लेबल, ओडो मिटर, क्लक जस्ता फिचर समाबेस गरिएको छ । यसमा हेडल्याम्प भने पुरानै हेलोजिन हेडल्याम्प प्रयोग गरिएको छ ।

यसमा १०९.५१ सीसी सीसी एयर कुल्ड, सिगंल सिलिन्डर, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ८.७ बीएच पावर तथा ९.३० एनएम टर्क जेनेरेट गर्छ ।  नेपाली बजारमा फेमिली मोटरसाइकलको रुपमा परितिच मोटरसाइकल होन्डा युनिर्कन पनि नयाँ मोडलमा  सार्वजनिक भएको छ ।

Our latest comments