Home / Blogs / पेट्रोल इन्जिनमा मारुती सुजुकी भिटारा ब्रेजा सार्वजनिक
  • Latest Cars
  • 0

पेट्रोल इन्जिनमा मारुती सुजुकी भिटारा ब्रेजा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

मारुती सुजुकीले भिटारा ब्रेजा फेसलिफ्ट लन्च गरेको छ । नयाँ मारुती ब्रेजा बीएस ६ मापदण्डयुक्त पेट्रोल इन्जिनमा उपलब्ध भएको हो । पहिले सो एसयूभी डिजेल इन्जिनमा मात्र उपलब्ध थियो । अब सो इन्जिनयुक्त ब्रेजाको उत्पादन बन्द गरिएको छ । अबको केही महिनामा सो कार नेपाली बजारमा  पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

नयाँ ब्रेजामा १.५ लिटरको के१५बी पेट्रोल इन्जिन छ, जसले १०३ बीएचपी पावर र १३८ एनएम टर्क जेनेरेट गर्छ । यसका साथ ५–स्पिड म्यानुअल र ४–स्पिड अटोमेटिक गियरबक्स अप्सन छ । अटोमेटिक गियरबक्स भेरिएन्टमा मारुतीको स्मार्ट हाइब्रिड टेक्नोलोजी पनि उपलब्ध छ । म्यानुअल गियरबक्समा ब्रेजाको माइलेज १७.०३ किलोमिटर र स्मार्ट हाइब्रिड टेक्नोलोजीका साथ आउने अटोमेटिक ट्रान्समिसन भेरिएन्टको माइलेज १८.७६ मिलोमिटर भएको कम्पनीले बताएको छ ।

मारुती सुजुकीको यो गाडीलाई केही दिन पहिले भारतमा सम्पन्न अटो एक्सपोमा प्रदर्शन गरिएको थियो । यसमा नयाँ ट्विन–स्लेट ग्रिल, रिभाइज्ड बम्पर, बुलबार स्टाइलको स्किड प्लेट, नयाँ डिजाइनको एलईडी प्रोजेक्टर हेडल्याम्प, एल आकारको डीआरएल, १६ इन्चको ड्युअल टोन अलोय ह्विल र नयाँ फगल्याम्प हाउजिङ छ । यसको पछिल्लो भागमा एलईडी टेलल्याम्प दिइएको छ । तर डिजाइनमा भने परिवर्तन गरिएको छैन ।

क्याबिनमा रिभाइज्ड अपहोल्स्ट्रि, लेदर फिनिस स्टेयरिङ ह्विल र नयाँ ७ इन्चको स्मार्टप्ले स्टुडियो इन्फोटेनमेन्ट सिष्टम छ । सो सिष्टममा लाइभ ट्राफिक अपडेट, भ्वाइस रिकग्निसन, भेइकल अलर्ट र क्युरेटेड अनलाइन कन्टेन्ट जस्ता सुविधा छन् । पहिले जस्तो सो इन्फोटेनमेन्ट सिष्टमले एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्छ ।

Our latest comments