Home / Blogs / ‘अल न्यू २५० एनके’ अब नेपाली बजारमा
  • Latest Bikes
  • 0

‘अल न्यू २५० एनके’ अब नेपाली बजारमा

Nepal Auto Trader

Share this News

image

सिएफ मोटोको नेपालको लागि आधिकारीक बिक्रेता आन इन्टरनेशनल प्रालिले ‘अल न्यू २५० एनके’ २०२० मोडल नेपाली बजारमा बिक्री सुरु गरेको जनाएको छ । कम्पनीले नयाँ २५० एनकेमा नयाँ एलइडी हेडलाईटको प्रयोग गरेको छ भने व्ल्यू कलरको कभर दिएको छ ।

यो मोटरसाइकल पावर र स्टाइलका हिसावले निकै उत्कृष्ट रहेको मान्न सकिन्छ । यसमा रहेको २५० सीसी क्षमताको सिंगल सिलिण्डर लिक्वीड कुल्ड इन्जिनले ९००० आरपीएममा २७ बीएच पावर र ७५०० आरपीएममा २२ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियरबक्स दिइएको छ ।

रेगुलर मोडलको जस्तै यसमा डियुल च्यानल एबीएस उपलब्ध रहेको छ । यसमा रहेको टिएफटी डिस्प्लेमा विभिन्न सुचनाहरु आउने छन् । यूएडी फर्क, हाइड्रोलिक क्लच, एलइडी लाइट जस्ता फिचरले यो मोटरसाइकललाई फिचर लोडेड बनाएको छ ।

२०२० मोडलमा कम्पनीले ग्राफिक्स र स्वीङआर्ममा परिमार्जन गरेको छ । तर, यसको मूल्यमा भने कम्पनीले कुनै परिमार्जन गरेको छैन । कम्पनीले यसलाई ५ लाख २५ हजार मूल्य तोकेर बिक्री गर्दै आएको छ ।


Our latest comments