सुजुकी डिजायरको फेसलिफ्ट भर्सन नेपाली बजारमा

मारुती सुजुकी कम्पनीको चर्चित मोडल डिजायर सबैभन्दा बढी बिक्री हुने कारको सूचीमा परेको छ । नेपाली बजारमा डिजायरले अल्टोलाई पछि पार्दै यो वर्षकै बेस्ट–सेलिङ्ग कारको सूचीमा परेको छ ।

डिजायर नयाँ पुस्ताको उत्कृष्ट सेडान कार हो । कम्पनीले पहिलेको डिजायरलाई परिमार्जन गर्दै परिष्कृत शैलीमा १२ सय सिसी इन्जिन क्षमतामा नयाँ डिजायर उत्पादन गरेको हो । जसमा एक सय ६३ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स रहेको छ । 

हियरटेक च्यासिस प्ल्याट फर्ममा आधारिट भई निर्माण गरिएकाले कारको वजन हल्का छ। रोबष्ट च्यासिस डिजाइन, सबै भेरियण्टमा डुअल एयर ब्याग र एबीएसलाई स्ट्याण्डर्ड सुरक्षा फिचर्सका रुपमा उपलब्ध गराइएकाले सुरक्षामा विशेष ध्यान दिइएको कम्पनीको भनाइ छ।

पछिल्लो संस्करणका तुलनामा नयाँ कारको चौडाइ ४० एमएम फराकिलो छ। साथै, कारमा लामो ह्विल बेसको प्रयोग गरिएको छ। यसले आन्तरिक भागलाई थप स्पेशियस र आरामदायी बनाएको कम्पनीको छ। कारको उपयोगितामा थप बढावा दिने सोचका साथ यसको बुट स्पेश पनि बढाएर ३ सय ७८ लिटर बनाइएको छ।

प्रिमियम सेडानमाझैँ किलेस इन्ट्रिज, डीआरएल, रियर भेण्ट सहितको स्वचालित एसी जडान गरिएको छ। एण्ड्रोइड अटोमा आधारित स्टेट अफ आर्ट ईन्फोटेनमेण्ट प्रणाली र ठूलो टच स्क्रिन प्रणाली मार्फत एप्पल कार प्लेको सुविधा यसमा दिइएको छ।

सन् २०१७ मा नेपाल भित्रिएको डिजायर वर्तमान  पुस्ताको पहिलो रोजाइ बनेको छ । उत्कृष्ट कारमा सेडान चाहनेहरूका लागि डिजायर उपयुक्त विकल्पसमेत बनेको छ । हाल नेपाली बजारमा डिजायरका भिएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस गरी तीन भेरियन्ट उपलब्ध छन् ।

१२ सय सिसी इन्जिन क्षमतामा उपलब्ध यो कारले ६ हजार आरपिएममा अधिकतम ८३ पिएस अर्थात् ६१ किलोवाटको पावर प्रदान गर्छ । त्यस्तै, ४ हजार २ सयको आरपिएममा अधिकतम एक सय १३ एनएमको टक्र्यु उत्सर्जन गर्छ । कारमा ४ सिलिण्डरसहितको भिभिटी इन्जिनको प्रयोग गरिएको छ। डिजायरमा प्रिसिसन कट डुअल टोनयुक्त अलो ह्वीलको प्रयोग गरिएको छ । जसमा एक सय ६३ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स रहेको छ । जुन सेडान भइकन पनि नेपाली सडक सुहाउँदो छ ।

जसमा कम्पनीले हियरटिट प्लाटफममा निर्माण गरेको कारको च्यासिसमा ठाउँ ठाउँमा ब्रेक पोइन्टहरू राखेको छ । जसले कार दुर्घटनामा पर्दा सबै क्षेत्रमा प्रभाव पर्न दिँदैन । र यात्रुलाई सुरक्षित राख्न मद्दत गर्छ ।त्यस्तै कारमा डुअल यअर व्याग उपलब्ध छ । यसका अलावा डिजायरमा मजबुत मेटल बडी, एबिएस सहितको इबिडी ब्रेकिङ सिष्टमलगायत सुरक्षाका थुप्रै फिचर्सहरू समाहित छन् ।

हाल नेपाली बजारमा तीन भेरियन्टमा उपलब्ध डिजायर अक्सफोर्ट ब्लु, ग्यालेन्ट रेड, सेर्रउड ब्राउन, म्याग्मा ग्रे, सिल्की सिल्भर र पर्ल आर्टिक ह्वाइट गरी ६ कलरमा उपलब्ध छ । भेरियन्टका हिसाबले सुजुकी डिजायरको मूल्य ३२ लाख ४९ हजार देखि ३८ लाख ९९ हजार रुपियाँसम्म रहेको छ । जसमा जेडएक्सआई प्लसको मूल्य ३८ लाख ९९ हजार हो ।





Share Page

0 Comments

Write a comment

menu
menu