महिन्द्रा एन्ड महिन्द्राले अल न्यु एक्सयूभी ५०० मा काम गरिरहेको छ । सो कार परीक्षणको समयमा धेरै पटक सडकमा देखा परेको छ । कम्पनीले सो कारको सार्वजनिक समय घोषणा गरेको छ । रिपोर्ट अनुसार सो कार २०२१ को जनवरी र मार्चको बीचमा सार्वजनिक गरिनेछ । महिन्द्रा एन्ड महिन्द्राका प्रबन्ध निर्देशक डा. पवन गोयन्काले सो कुराको पुष्टी गरेका छन् ।
महिन्द्रा एक्सयूभी ५०० २०११ मा लन्च गरिएको थियो । फर्स्ट जेनेरेसन मोडल जस्तै सेकेन्ड जेनेरेसन मोडल पनि मोनोकक एसयूभी हुनेछ । सेकेन्ड जेनेरेसन मोडल नयाँ प्लेटफर्ममा तयार गरिनेछ । सो कार महिन्द्रा फन्स्टर कन्सेप्टमा डिजाइन गरिएको छ । यसको साथै सो कारमा चौथो जेनेरेसनको स्याङयोङ कोरोन्डोको प्रभाव पनि देख्न सकिन्छ ।
परीक्षणको समयमा देखा परेको तस्विर अनुसार नयाँ एसयूभी ५०० को एक्सटेरियरलाई रिडिजाइन गरिएको छ । साथै यसमा फ्लस फिटिङ ढोका हुने सम्भावना रहेको छ । सो कारको फ्रन्ट र रियरको लुकमा केही परिवर्तन गरिएको छ । सो एसयूभीमा एलईडी डीआरएल र सिग्नेचर महिन्द्रा ग्रिलको साथमा रिडिजाइन गरिएको हेडल्याम्प हुने अनुमान गरिएको छ ।
उक्त कारको इन्टेरियरमा नयाँ ड्यासबोर्ड हुने अनुमान गरिएको छ । इन्फोटेनमेन्ट सिस्टम र इन्स्ट्रयुमेन्ट क्लस्टरलाई एउटै प्यानलमा राखिनेछ । नयाँ महिन्द्रा एसयूभी ५०० मा बीएस६ २.२ लिटर डिजेल इन्जिन समावेश गरिएको छ । सो कारमा ६ स्पिड म्यानुअल वा ६ स्पिड अटोमेटिक गियरबक्स समावेश गर्ने सम्भावना रहेको छ । नयाँ एसयूभी एक्सयूभी ५०० को प्रतिस्पर्धा बजारमा टाटा एच ५, जीप कम्पास, किया सेल्टोस र हुन्डाई क्रेटासँग हुनेछ ।
PREVIOUS NEWS