प्यूजोले अटोएक्स्पो २०२० मा इलेक्ट्रीक स्कुटर इ-लुडिक्स सार्वजनिक प्रदर्शन गरेको छ । ५० सीसी पेट्रोल स्कुटरको इलेक्ट्रीक संस्करण इ(लुडिक्सको उत्पादन भारतको पुर्णेमा भएको हो । यो कम्पनीको ५० सीसीको लुडिक्स आईसीई स्कुटरको इलेक्ट्रिक भर्सन हो ।
सो इलेक्ट्रिक स्कुटरमा ३ किलोवाटको इलेक्ट्रिक मोटर छ, जुन लिथियम आयोन ब्याट्रीसँग जोडिएको छ । यसमा भएको ब्याट्री रिमुभेवल भएकाले निकालेर चार्ज गर्न सकिन्छ । यो स्कुटरमा ३ किलोवाटको वस् इलेक्ट्रीक मोटर जडान गरिएको छ । साथै यसमा उपलब्ध ब्याट्रीलाई फुलचार्ज गर्न ३ घन्टा लाग्नेछ ।
एकपटकको फुलचार्जमा यो स्कुटरले ५० किलोमिटर रेन्ज प्रदान गर्छ । ८५ किलोग्राम तौल रहेको यो स्कुटर प्रतिघन्टा ४५ किलोमिटरको स्पीडसम्म दौडन सक्छ । विशेषत युवा ग्राहकलाई लक्षित गर्दै निर्माण गरिएको उक्त स्कुटरमा आकर्षक स्टाइल, एप्रोनको साइटमा हेलोजन लाइट, फ्रन्ट बम्पर प्लेट, टर्न इन्डिकेटर र ह्यान्डलबार लगाइएको छ ।
डिस्प्लेमा स्पीड, रेन्ज रिमाइनिङ र समयको जानकारी आउने छ भने स्मार्टफोन कनेक्सनका लागि भिआइए ब्लुटुथ जस्ता विशेषता दिइएको छ । यस्तै फ्रन्टमा अपसाइड डाउन फर्क र पछाडि सिंगल साइड स्प्रिंग लगाइएको छ । यसलाई स्लो स्पिड स्कुटर मानिए तापनि फिचरको मामिलामा भने यसमा कुनै कमी छैन । यसमा फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल छ, जो स्मार्टफोन कनेक्टिभिटीका साथ उपलब्ध हुन्छ ।
PREVIOUS NEWS