सरकारले सोमबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले केही दिनका लागि सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई एउटा जिल्लाबाट अर्को जिल्लामा जान रोक लगायको हो।
त्यस्तै काठमाडौं उपत्यकामा भने ३ वटै जिल्लामा सार्वजनिक यातायातमा चल्न पाउनेछन्।त्यस्तै निजी सवारी साधन तथा र मोटरसाइकल/स्कुटर लामो दुरीमा चल्न पाउने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।
‘लामो दुरीको यात्रा गर्दा एउटा यात्रुमा संक्रमण भए अरुमा पनि सर्न सक्छ। धेरै यात्रु एउटा गाडीमा हुदा जोखिम बढ्छ,’ उनले भने ‘निजी सवारी साधन रोक लगाउने कुरा छैन। केही नयाँ निणर्य भयो भने हामी सूचना निकाल्छौं।’
PREVIOUS NEWS
NEXT NEWS