नयाँ इन्जिनमा सुजुकी इन्ट्रुडर सार्वजनिक

सुुजुकीले आफ्नो १५५ सीसी क्षमताको क्रुजर मोटरसाइकल इन्ट्रुडर नयाँ इन्जिनमा ल्याएको छ । सुजुकीले १५५ सीसी क्रुजर मोटरसाइकल सुजुकी इन्ट्रयुडरलाई बीएस–६ इन्जिनको साथमा पेश गरेको छ । सो बाइक १ लाख २० हजार भारु एक्स सोरुम मूल्यमा भारतमा लन्च गरिएको हो । कम्पनीको यो तेस्रो बाइक हो जसलाई बीएस६ मा अपग्रेड गरिएको छ । पहिला जिक्सर र जिक्सर एसएफलाई बीएस६ मा अपग्रेड गरिएको थियो ।

यसमा प्रयोग भएको नयाँ इन्जिनले १३.६ बीएच पावर र १३.८ एनएम टर्क प्रदान गर्छ । यसअघि बिक्री हुँदै आएको बीएस फोर मोडलले १४.६ बीएच पावर र १४ एनएम टर्क प्रदान गथ्र्याे । कम्पनीले ल्याएको नयाँ मोटरसाइकल ३ केजी तौलसमेत बढेको छ ।

सो बाइकमा १५४.९ सीसी ४ स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन समावेश गरेको छ । सो बाइकमा ५ स्पिड गियरबक्स समावेश रहेको छ । सो बाइकमा दुबै डिस्क ब्रेक सिंगल च्यानल एबीएस समावेश रहेको छ । बाइकको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा मोनोसक रहेको छ । बाइकको डिजाइनमा केही परिवर्तन गरिएको छैन ।

यसमा एलईडी पोजिसनिङ लाइटको साथमा प्रोजेक्टर हेडल्याम्प, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी टेलल्याम्प, सार्प ट्विन एक्जस्ट, ट्विन सिट सेटअप र ब्ल्याक अलोय ह्विल जस्ता फिचर रहेको छ ।

सुजुकी इन्ट्रुडर नेपाली बजारमा पनि बिक्री वितरण भइरहेको छ । बीएस ४ मापदण्डको इन्जिनयुक्त इन्ट्रुडरको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ । यदि नयाँ इन्जिनयुक्त इन्ट्रुडर नेपाल आउने हो भने यसको मूल्य करिब ४० हजार रुपैयाँ भन्दा बढी मूल्य बढ्ने छ ।


Share Page

0 Comments

Write a comment

menu
menu