Home / Blogs / केटीएम २५० एड्भेन्चर नेपाली बजारमा सार्वजनिक
  • Latest Bikes
  • 0

केटीएम २५० एड्भेन्चर नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा केटीएम २५० एड्भेन्चर बाइक औपचारिक रुपमा सार्वजनिक भएको छ । नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो मोटरबाइक बजारमा सार्वजनिक गरेको हो । केही समय अगाडि भारतीय बजारमा सार्वजनिक भएको एड्भेन्चर २५० केही दिन अघी मात्र एक कार्यक्रमका बीच कम्पनिले सो बाइक नेपाली बजारमा उतारेको हो ।कम्पनीका अनुसार केटीएम २५० एड्भेन्चर देशभरिका सम्पूर्ण केटीएम शोरुमहरुबाट बिक्री वितरण तथा बुकिङ्ग खुला गरिएको छ । केही समय अघी कम्पीनीले एड्भेन्चर ३९० पनि नेपालमा सार्वजनिक गरेको थियो ।


केटीएम २५० एड्भेन्चरमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन दिएको छ जुन इन्जिनले ९००० आरपीएममा २९.६ पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्दछ । सो मोटरबाइकमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । यसमा २३० एमएम रियर डिस्क ब्रेक र ३२० एमएम फ्रन्ट डिस्क ब्रेक दिइएको छ भने बोसको अत्याधुनिक एबीएस सिस्टम पनि जडान गरिएको छ ।  यसमा हेभ्भी–ड्यूटी काष्ट व्हीलहरु १९ र १७ इन्चका रहेका छन् भने डब्लूपी एपेक्स अपसाइड–डाउन ४३ एमएम, अगाडिको फोर्कमा १७७ एमएम ट्राभल रेन्ज रहेको छ ।


कम्पनीले सो बाइकलाई ३९० एड्भेञ्चरबाट प्रेरित डिजाइनमा निर्माण गरेको छ । केटीएम २५० मा उत्कृष्ट ह्यान्डलिङ र लाइटवेट प्याकेजका साथ स्टील ट्रेल फ्रेम, मोनोशक, ह्वील, फ्यूल ट्याङक, अफरोड एबीएस जस्ता फिचर रहेका छन ।१४.५ लिटर ट्याङ्क र इन्धन फाह्रो गर्ने बीएस ६ इमिशन इञ्जिनले सो मोटरबाइकलाई आरामले चलाउन मद्दत गर्दछ । विश्वको लागि इन्ट्री प्वाइन्ट मानिएको ट्राभल इन्ड्युरोका लागि आवश्यक विशेषताहरु पनि सो बाइकमा रहेको कम्पनिले जनाएको छ ।यस्ता खालका बिशेषताले गर्दा सो बाइक जस्तोसुकै सडकमा पनि सहज तरिकाले चलाउन सकिने कम्पनिको दाबी छ ।


केटीएम २५० एड्भेन्चरको नेपाली बजार मूल्य ७ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ । नेपालमा बढिरहेको एड्भेन्चर मोटरसाइकलको सेगमेन्टलाई विस्तार गर्नका लागि केटीएम २५० एड्भेन्चर नेपाली बजारमा उपलब्ध गराइएको कम्पनीको भनाइ छ । पछिल्लो समय नेपाली बजारमा प्रिमियम एड्भेन्चर मोटरसाइकलको विक्री बढ्दो रहेको छ । कम्पनीले यसमा सबै डिजिटल डिस्प्लेको प्रयोग गरेको जनाएको छ । देशभरिका सम्पूर्ण केटीएम शोरुमहरुबाट सो बाइक खरिद गर्न सकिने कम्पनिले जनाएको छ । 

Our latest comments