Home / Blogs / केटीएम ड्युक १२५ सार्वजनिक; नेपालमा छिट्टै आउने
  • Latest Bikes
  • 0

केटीएम ड्युक १२५ सार्वजनिक; नेपालमा छिट्टै आउने

Nepal Auto Trader

Share this News

image

अपडेट भर्सन सहित केटिएमले २०२१ मोडलको ड्युक १२५  सार्वजनिक गरेको छ । ड्युक १२५ बाइकको लुक्स तथा डिजाइन हाल उपलब्ध ड्युक २०० बाट प्रेरित छ । सन् २०१८ मा पहिलो पटक सार्वजनिक गरिएको थियो ड्युक १२५ । सो मोटरबाइक नेपाली बजारमा छिट्टै सार्वजनिक हुने अनुमान पनि गरिएको छ । यसलाई जनवरीको अन्तिम हप्ताबाट बिक्री सुरु गर्ने तयारी भइरहेको अनुमान गर्न सकिन्छ । कम्पनीले आफ्नो बजार विस्तारको रणनीति अनुसार केहि समयअघि २५० एड्भेञ्चर पनि बजारमा उतारेको थियो । 


ड्यूक १२५ मा १२४ सीसी सिंगल सिलिण्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १४.५ पीएस पावर र १२ एनएम टर्क प्रदान गर्छ । सो बाइकमा नयाँ हेलोजिन हेडल्याम्पको साथमा दिइएको एलइडी डिआरएल, ठूलो फ्यूल ट्याङ्क ड्युक १२५ को मुख्य विशेषता हो ।सो बाइकको फ्युल ट्याङ क्षमता १३.५ लिटरको रहेको छ भने यसअघिको मोडलमा ९.५ लिटरको फ्यूल ट्याङ्क दिइएको थियो । सो बाइकमा ड्यूक २०० मा दिइएको एग्जस्ट प्रयोग गरिएको छ भने, २५० एड्भेञ्चरमा दिइएको एलसीडी इन्ट्रुमेन्ट कन्सोलको प्रयोग गरिएको छ । 


नयाँ केटीएम १२५ ड्युकमा हेलोजन हेडल्याम्प, राइडर पिलियन सिट र एर्गानामिक्सको विशेषता रहेको छ । बाइकमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पनि समावेश गरिएको छ ।  सो बाइकमा हेडल्याम्प, बडी प्यानल, फ्युल ट्याङक र एलसीडी प्यानल समावेश गरिएको छ । नयाँ ड्युकमा सस्पेन्शन सेटअप अपसाइड डाउन डब्लुपी फ्रन्ट फोक्र्स र रियरमा डब्लुपी मोनोशक उपलब्ध रहेको छ । सो बाइक सिंगल च्यानल एबीएस स हित  उपलब्ध रहेको छ ।  यसको  इन्जिनमा भने कुनै परिमार्जन गरेको छैन ।


गोल्छा ग्रुप हंशराज हुलास चन्द एण्ड कम्पनीले नेपाली बजारमा पनि ड्यूक १२५ को बिक्री वितरण गर्दै आएको छ ।ड्यूक १२५ को नेपाली बजार मूल्य ४ लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । २०२१ मोडलको ड्युक १२५ नेपालमा सार्वजनिक भयो भने यसको मुल्य २५ देखि ३० हजार रुपैयाँसम्म महंगो हुने अनुमान गर्न सकिन्छ । केटीएम १२५ ड्युकको प्रतिस्पर्धी एमटी–१५ रहेको छ । 




Our latest comments