Home / Blogs / नेपाली बजारमा कोमाकीका दुई इलेक्ट्रिक स्कुटर सार्वजनिक; यस्तो छ मुल्य
  • Latest Scooters
  • 0

नेपाली बजारमा कोमाकीका दुई इलेक्ट्रिक स्कुटर सार्वजनिक; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा कोमाकी ब्रान्डका दुई इलेक्ट्रिक स्कुटर सार्वजनिक भएका छन् । नेपालका लागि कोमाकी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्न प्रालिले यी स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको जनाएको छ । कोमाकी इलेक्ट्रिक स्कुटर एसई र भेनिस गरी दुई भेरिएन्टमा नेपाली बजारमा सार्वजनिक गरिएको छ । कम्पनीले काठमाडौंको बालुवाटार अवस्थित आफ्नो शोरुमबाट सो इलेक्ट्रीक स्कुटरको बिक्री गर्दै आएको जनाएको छ । युनिटी ट्रेडिङले नेपालमा ई–मोटार्ड र बिइङ ह्युमन साइकल समेत बिक्री–वितरण गर्दै आएको छ ।


इलेक्ट्रिक स्कुटर एसईमा ३ हजार वाटको मोटर दिइएको छ जसले ५ हजार २ सय पिक पावर दिन्छ भने भेनिसमा पनि ३ हजार वाटको मोटर रहेको छ जसले ४ हजार ९ सय वाटको पिक पावर दिन्छ । एसईमा ७४ भोल्ट ४० एएच र भेनिसमा ७२ भोल्ट ४० एएचको लिथियम आयोन ब्याट्री दिइएको छ । एसईले सिंगल चार्जमा १४० किलोमिटर रेन्ज प्रदान गर्छ भने भेनिसले १२० किलोमिटरको रेन्ज प्रदान गर्नेछ । यसको ब्याट्रीलाई चार्ज गर्न जम्मा ४ घण्टा लाग्ने कम्पनीले जनाएको छ ।     


कोमाकी एसईको टप स्पिड ७० किलोमिटर रहेको छ भने भेनिसको टप स्पिड ८५ किलोमिटर रहेको छ । एसईमा ड्युअल डिस्क ब्रेक दिइएको छ भने भेनिसमा सीबीएस सहितको ड्युअल डिस्क ब्रेक दिइएको छ । यी दुबै इलेक्ट्रिक स्कुटरमा रिजेनेरेटिभ ब्रेकिङ, रिभर्स असिस्ट, क्रुज कन्ट्रोल, पार्किङ असिस्ट, सेल्फ डायग्नोसिस, रिपेयर स्विच, मोबाइल चार्जिङ प्वाइन्ट, ब्लुटुथ स्पिकर, एन्टी थेफ्ट लक, साइड स्ट्यान्ड सेन्सर, प्यासेन्जर फ्लोर बोर्ड जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ ।


कोमाकी इलेक्ट्रिक स्कुटर एसई ३ वटा कलर र भेनिस ६ वटा कलर अपसनमा उपलब्ध रहेको छ । कोमाकी एसईको नेपाली बजार मूल्य २ लाख ९५ हजार र कोमाकी भेनिसको मूल्य ३ लाख १० हजार रुपैयाँ निर्धारण गरेर यसको बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीले पहिलो २० ग्राहकलाई २० हजार रुपैयाँ छुट उपलब्ध हुने र त्यसैगरी निःशुल्क हेल्मेट समेत प्रदान गरिने जनाएको छ । शोरुममा पुगेर स्कुटरको टेस्ट राइड समेत गर्न सकिने युनिटी ट्रेडिङले जनाएको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


 




Our latest comments