किया सेल्टोस पछी किया मोटर्सले सोनेट एसयूभी सार्वजनिक गर्ने

किया मोटर्सले पछिल्लो समय एउटा मात्र कार लन्च गरेको छ किया सेल्टोस । यसैगरी अर्काे महिना हुने अटो एक्सपोमा किया मोटर्सले नयाँ कम्प्याक्ट एसयूभी सार्वजनिक गर्ने तयारीमा लागेको छ । कम्पनीले किया सोनेट एसयूभी अटो एक्सपोमा सार्वजनिक गर्ने योजना बनाएको छ । सो कार परीक्षणको समयमा सडकमा देखा परेको थियो । सो मोडल कार लोअर फिचर भेरिएन्टको रहेको छ । कारको डाइमेन्सन किया सेल्टोसको जस्तै हुनेछ । सो कार ६ महिना पछि सार्वजनिक हुने सम्भावना रहेको छ ।

किया सोनेटको प्लेटफर्म, इन्जिन र र अन्य कम्पोनेन्ट हुन्डाईको भेन्युसँग मिल्ने अनुमान गरिएको छ । सो कारमा भेन्यु जस्तै तीनवटा बीएस६ कम्प्लायन्ट इन्जिन हुने सम्भावना रहेको छ । भेन्युमा एक १.२ लिटरको पेट्रोल इन्जिन रहेको छ । जसले ८२ बीएचपीको पावर र ११४ एनएमको पीक टर्क जेनेरेट गर्छ । दोस्रो १.० लिटर टर्बाेचाज्र्ड पेट्रोल इन्जिन रहेको छ । जसले ११८ बीएचपीको पावर र १७२ एनएमको टर्क जेनेरेट गर्छ । यसमा रहेको डिजेल इन्जिन १.४ लिटरको रहेको छ । जसले ८९ बीएचपीको पावर र २२० एनएमको टर्क जेनेरेट गर्छ ।

कियाको सो नयाँ एसयूभीको गियरबक्स पनि भेन्युसँग लिने अनुमान गरिएको छ । यसमा ५ स्पिड म्यानुअल, ६ स्पिड म्यानुअल र ७ स्पिड ड्युअल क्लच अटोमेटिक ट्रान्समिशन समावेश रहेको छ । नयाँ एसयूभीमा डिजेल इन्जिनको साथमा ६ स्पिड अटोमेटिक ट्रान्समिशनको विकल्प पनि रहेको छ ।

किया सेल्टोसमा जस्तै सो सब कम्प्याक्ट एसयूभीमा पनि कनेक्टिभिटी फिचर हुने अनुमान छ । ४ मिटर भन्दा सानो कियाको सो नयाँ एसयूभीमा किया यूभीओ कनेक्टिभिटी टेक्नोलोजी समावेश रहेको छ । यसको साथै सो कारमा एप्पल कारप्ले र एन्ड्रोइड अटोको साथमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सररुफ र रिमोट अपरेसनको साथमा क्लाइमेट कन्ट्रोल जस्ता फिचर पनि हुने सम्भावना रहेको छ ।

Share Page

Related tags to article

1 Comments

  1. 1 week ago Olgamob

    <a href=https://poollife.ru>перекись техническая для очистки</a>

Write a comment

menu
menu